चन्द्रागिरीमा फुटबल प्रशिक्षण सुरु

काठमाडौँ । मदन भण्डारी स्पोर्टस ऐकेडेमीको आयोजनामा फागुण १५ गते देखी चन्द्रागिरी नगरपालीकाको मातातिर्थमा फुटबल प्रशिक्षण सुरु भएको छ ।

 

शनिबार फुटबल प्रशिक्षणको शुभारम्भ गर्दै  मदन भण्डारी स्पोर्टस ऐकेडेमीका अध्यक्ष तथा सांसद बिनोद श्रेष्ठले फूटबल खेल्न चाहने तर बिभिन्न कारणले खेल्न र सिक्न नपाएका खेलाडीहरुलाई प्रशिक्षण दिइ उकृष्ट खेलाडी बनाउने बताए । सबैकालागि खेलकुद भन्ने मुल नारा सहित एकेडेमीको स्थापना भएको स्मरण गर्दै अध्यक्ष श्रेष्ठले खेलाडीहरुले खेल संगै अनुशासन र राष्ट्रियतालाई ख्याल गुर्न पर्ने बताए ।

 

चन्द्रागिरी नगरपालीकाको बिभिन्न स्थानमा बसोबास गर्ने ३० जना प्रशिक्षार्थी खेलाडिहरु सहभागि रहेको फूटबल प्रशिक्षणको शुभारम्भमा मदन भण्डारी स्पोर्टस ऐकेडेमीका महासचिब बचन देउजाले  प्रारम्भिक प्रशिक्षण दिएका थिए ।

१५ फागुन २०७२ / ३:४५

२०७२ फागुुण १५ गते १५:४६ मा प्रकाशित

You can share this post!

वर्षका उत्कृष्ट अाठ सहकारी पुरस्कृत

कथा : मलाई बचाएर आएको काले आफै कसरी मृत्युको मुखमा पुग्यो

Related posts