back
NMB ad

फूल फुलेपछि फर्कियो खुशी !

Kumari bank ad

गोलबजार (सिरहा) । आँप खेतीका लागि निकै प्रख्यात सिरहाका कृषकले रुखमा मन्जरी (फूल) अत्यधिक लागेको देखेर खुसीले गद्गद् भएका छन्।  आँपको राजधानी भनेर चिनिने सिरहामा यस वर्ष मनग्यै आँप फल्ने सङ्केत देखिएपछि कृषक खुसीले गद्गद् भएका हुन्।

गत वर्ष ८० प्रतिशत आँप उत्पादनमा ह्रास आए पनि यस वर्ष अत्यधिक उत्पादन हुने किसानले विश्वास व्यक्त गरेका छन्।  “आँपको रुखमा पात कतै पनि देखिँदैन” गुरुधामका माधव थपलियाले भने “आँपको बोट मन्जरीले ढाँकेको छ। त्यसैले यस वर्ष आँपको उत्पादन निकै बढ्ने सम्भावना छ।” मन्जरीमा किरा लाग्न नदिन कृषिविज्ञको सल्लाहअनुसार औषधि छर्किने उनले बताए।

मन्जरी सप्रियो भने एक अर्बभन्दा बढीको आँप उत्पादन हुने संभावना रहेको जिल्ला कृषि विकास कार्यालय सिरहाको अनुमान छ। जिल्लामा चार हजार ७०० हेक्टर जग्गा आँपखेतीको क्षेत्रफल रहेको कृषि विकास कार्यालय सिरहाका कृषि प्रसार अधिकृत रामनारायण महतोले जानकारी दिए।

जिल्ला कृषि विकास कार्यालयको तथ्याङ्कअनुसार गत वर्ष सिरहामा साढे सात मेट्रिक टन प्रतिहेक्टरको हिसाबले आँप उत्पादन भएको थियो भने यो वर्ष १७ मेट्रिक टन प्रतिहेक्टर जग्गामा आँप फल्ने कृषि प्रसार अधिकृत महतोको अनुमान छ।  अन्य वर्ष पानी र हावाहुरीका कारण आँपको मन्जरी झर्थ्यो र उत्पादनमा ह्रास आउँथ्यो। तर यो वर्ष अहिलेसम्म कुनै समस्या देखिएको छैन।

अहिलेसम्म मन्जरीमा मधुवा किराको प्रकोप पनि नदेखिएकाले उत्पादन बढ्ने बताइएको छ।  यहाँ फल्ने आँप सबभन्दा बढी राजधानी काठमाडौं र भारतको विहार जाने गर्छ भने विराटनगर, पोखरा, वीरगन्ज, बुटवललगायत देशको अन्य सहरमा पुग्ने गरेको छ।

नयाँ जातका आँपमध्ये सिरहाको माटोमा उत्पादन हुने दसहरी, सपेता र मालदह आँपको राम्रो स्वाद भएको, धेरै उत्पादन दिने र पाकेको फल धेरै समयसम्म नकुहिने गुण भएकाले यी जातका आँप देश र विदेशमा निर्यात हुने गरेको किसान बताउँछन्। रासस

१६ फागुन २०७२, १०.००

वि.सं.२०७२ फागुन १६ आइतवार १०:३२ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...