back
NMB ad

जापानमा ५ वर्षमा झन्डै १० लाख जनसंख्या घट्यो

Kumari bank ad

जापान । जापानमा पछिल्ला ५ वर्षमा झन्डै १० लाख जनसंख्या घटेको छ । यो सन् १९२० यताकै सबैभन्दा बढी जनसंख्या गिरावट हो ।

गत वर्षको अक्टोबरसम्म जापानको जनसंख्या पौने १३ करोड नयाँ जनगणनाले देखाएको छ । जुन अघिल्लो गणनाभन्दा शून्य दशमलव ७ प्रतिशतले कम हो ।

जनसंख्याविद्हरूले यो कमी आउने प्रक्षेपण गरेकै हुन् । घटो जन्मदर र आप्रवासमा न्यूनीकरणले यो अवस्था आएको हो । साथै पाकाहरूको संख्यामा बढोत्तरी हुँदै जानाले अर्थतन्त्र शिथिल हुँदै गएको छ भने स्वास्थ्य खर्च भार पनि बढै गएको छ ।

राजधानी टोकियोलगायत ८ वटा सहरमा मात्रै यस अवधिमा जनसंख्या बढेको देखिन्छ । बाँकी ३९ सहरमा गिरावट मात्र देखिन्छ । फुकुसिमामा मात्र झन्डै सवा लाख मान्छे घटेका छन् । सन् २०११ मा भूकम्प र सुनामीबाट आक्रान्त फुकुसिमामै आणविक भट्टी क्षतिग्रस्त भएको थियो ।

गत शताब्दीका अधिकतर समय जनसंख्या बढेको जापानमा पछिल्ला दशकमा चाहिँ छिटछिटो गिरावट भएको देखिन्छ । पछिल्लो गणनाले चाहिँ जनसंख्या वृद्धि ठप्पै भएको देखाउँछ ।

अनुसन्धानकर्ताहरूले काम गर्ने उमेरको जनसंख्या भारी कटौती हुँदै जाने अनुमान गरेका छन् । साथै काम गर्न नसक्ने पाका र अशक्तहरूको संख्याचाहिँ बढ्नेछ ।

सरकारको आँकडा के छ भने, सन् २०६० भित्र जनसंख्याको ४० प्रतिशत ६५ वर्षमाथि वा त्योभन्दा पनि बढीको हुनेछ । कुल जनसंख्याचाहिँ अहिलेको भन्दा एक तिहाइ नै कम हुनेछ । अहिले करिब २५ प्रतिशत जनसंख्या ६५ वर्षभन्दा माथिको छ ।

प्रधानमन्त्री सिन्जो आवेले प्रतिमहिला सन्तान उत्पादन दर १ दशमल ४ बाट १ दशमलव ८ पुर्‍याउने लक्ष्य राखेका छन् । त्यसका लागि उनले शिशु स्याहार र कर उत्प्रेरणाका कार्यक्रम ल्याएका छन् । उच्च अर्थतन्त्रका लागि स्थिर जनसंख्या चाहिन्छ र त्यसका लागि जन्मदर कम्तीमा २ दशमलव १ हुनुपर्छ ।

आप्रवासलाई प्रोत्साहित गर्नु सहज समाधान भए पनि यससँगै जोडिने धेरै समस्याका कारण जापान सरकार सर्तक छ । जापान अझै पनि सबैभन्दा बढी एकल जातीय प्रभुत्व रहेको मुलुक हो । यहाँ विदेशी मूलका मानिसहरू २ प्रतिशतभन्दा पनि कम छन् ।

जापानलाई बृहत् स्तरको आप्रवासतर्फ लानुलाई एकदमै कठिन विषय ठानिएको छ । सरकारले सन् २००८ देखि मात्रै विदेशी नर्स र स्याहार कर्मचारीलाई भित्र्याउन थालेको हो । तर त्यो जनशक्तिलाई पनि एकदम कठिन मापदण्डका साथ नियन्त्रित राखिएको छ ।

प्रकाशितः बीबीसी, २०७२ फाल्गुन १६

वि.सं.२०७२ फागुन १६ आइतवार १५:०३ मा प्रकाशित

You can share this post!

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

राष्ट्रियसभाका उपाध्यक्ष अर्यालको राजीनामा   

वि.सं.२०८० चैत १५ बिहीवार १६:१७

काठमाडौँ, १५ चैत : राष्ट्रियसभाका उपाध्यक्ष उर्मिला अर्यालले पदबाट राजीनामा...

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

हिमालमा हेलिकप्टरले बचाउँदै पर्यटकको ज्यान   

वि.सं.२०८० चैत १५ बिहीवार १६:००

सुवास दर्नाल सल्लेरी (सोलुखुम्बु), १५ चैत : गत आइतबार सगरमाथा...

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

नेप्सेमा एक कम्पनीको मूल्य समायोजन

वि.सं.२०८० चैत १५ बिहीवार १५:५४

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार एक कम्पनीको मूल्य...

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

जिहो–नयाँ वर्ष २०८१, ‘वि स्मार्ट राइड स्मार्ट अफर’ सार्वजनिक

वि.सं.२०८० चैत १५ बिहीवार १५:४८

काठमाडौं । CFMOTO र  ZEEHO   ब्राण्डको नेपालका लागि आधिकारीक वितरक...

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

दुई कम्पनीको सेयरमा नकरात्मक सर्किट, प्रतिकित्ता कुनको कति घट्यो ?

वि.सं.२०८० चैत १५ बिहीवार १५:२४

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा सुधार आएको...