हाइड्रोपावरले ल्यायो ३ लाख ९६ हजार कित्ता सेयर

संखुवासभा । दिब्यश्वरी हाइड्रोपावर लिमिटेडले आयोजना प्रभावितका एवं साधारणका लागि सेयर निस्कासन गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका सेयर फागुन ३० गतेबाट आयोजना प्रभावितका लागि जारी गर्न लागेको हो ।

कम्पनीले दुई लाख ६४ हजार कित्ता सेयर संखुवासभा जिल्लाको धुपु, स्यावुन, वाना गाविकासबासीका साथै चैनपुर नगरपालिका वडा नं। ८, ९ र ११ का वासिन्दाका लागि जारी गर्न लागेको हो । यसका साथै आम सर्वसाधारणका लागि तीन लाख ९६ हजार कित्ता सेयर छुट्याएकोछ ।

कम्पनीले आयोजना प्रभावितलाई १० प्रतिशत र सर्वसाधारणलाई १५ प्रतिशत सेयर विक्री गर्ने छ । कम्पनीको सेयरका लागि कम्तिमा ५० कित्ताका लागि आवेदन दिनु पर्छ । वढीमा १० हजार कित्ताका लागि आवेदन दिन सकिन्छ ।

१९ फागुन २०७२, १२.००

२०७२ फागुुण १९ गते १३:२२ मा प्रकाशित

You can share this post!

तोकियो परीक्षाकेन्द्र !

पर्यटन विकासको नारासँगै कांग्रेसमा उम्मेदवारी घोषणा

Related posts