फेरि आकाशियो सुनको मूल्य

काठमाडौं । आज शुक्रवार सुनको मूल्यमा फेरि भारी बृद्धि भएकोछ । सुनको मूल्य आज रु ८ सयले बृद्धि भएको छ । योसँगै बिहीवार प्रतितोला ५५ हजार ५ सयमा कारोवार भएको सुन शुक्रवार बढेर ५६ हजार ५ सय पुगेको छ ।

शुक्रवार चाँदीको भाउमा पनि बृद्धि भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । आज चाँदी प्रतितोला ७ सय २५ रुपैयाँ पुगेको छ । बिहीवार स्थानीय बजारमा चाँदीको मूल्य ७ सय १५ तोकिएको थियो ।

२१ फागुन २०७२, ११.००

२०७२ फागुुण २१ गते ११:०९ मा प्रकाशित

You can share this post!

पञ्चेश्वर अब द्रुत गतिमा, तत्काल ५५ जना कर्मचारी आवश्यक

बलिउड गायक साहिदको कन्सर्ट आज काठमाडौंमा हुँदै

Related posts