back
NMB ad

प्रधानमन्त्रीको भन्दा भिखारीको कमाई बढि

Kumari bank ad

बेलायत । के तपाइँलाई विश्वास लाग्छ कुनै भिखारीको कमाई बेलायती प्रधानमन्त्री डेभिड क्यामरुनको भन्दा बढि हुन्छ रु भिखारीले प्रधानमन्त्रीको जत्ति पैसा कमाउने कुरा विश्वास गर्न गाह्रो मात्र होइन असम्भव जस्तै कुरा हो ।

तर यो दुनियामा असम्भव भन्ने त के छैन । बेलायतमा एकजना यस्तो भिखारी छ जसले एक दिनमै ५ सय पाउण्ड अर्थात् ७६ हजार रुपैयाँ भन्दा बढि कमाउँछ ।

सबै प्रकारका खर्च कटाएर यो भिखारीको वाषिर्क बचत दुइ करोड ८ लाख रुपैयाँ हुन्छ । जबकी बेलायती प्रधानमन्त्री क्यामरुनको वाषिर्क कमाइ जम्मा २ करोड २७ लाख छ । कमाइ मात्रको हिसाब गर्नेहो भने त यो भिखारीले क्यामरुनले भन्दा पनि बढि कमाउँदछ । उसको कुल वाषिर्क आम्दानी २ करोड ७५ लाख रुपैयाँ छ ।

बेलायतको विलभरह्याम्पटन सिटी सेन्टर क्षेत्रमा बसेर माग्ने गरेको उक्त भिखारीको नाम भने खुलाइएको छैन । उसले आफुलाई घरबारवीहिन तथा असहाय भनेर भिख माग्दै आएको छ ।

अधिकारीहरुका अनुसार यसरी भिख माग्दै आएको र मोटो कमाइ गर्दै आएको यो भिखारी घरबार वीहिन होइन, यसको थुप्रै सम्पत्ति रहेको छ ।

उक्त भिखारी मात्र होइन अहिले बेलायतमा धेरै धनी मानिसहरु सजिलैसँग पैसा कमाउनका लागि यसरी नै भिखारी बन्ने गरेको र सडकमा बसेर भिख माग्ने गरेको अधिकारीहरुको भनाई छ ।

यस्ता भिखारीहरुसँग राम्रै घरबास तथा सम्पत्ति हुने र यसरी भिख मागेर कमाएको पैसाबाट रक्सी पिउने र मस्ती गर्ने गरेको पाइएको छ । त्यसैले यस्ता भिखारीहरुलाई पैसा दिन छाडेर उनीहरुलाई समातेर एनजिओहरुलाई बुझाउन अधिकारीहरुले आग्रह गरेका छन् ।

प्रकाशितः २०७२ फाल्गुन २१

वि.सं.२०७२ फागुन २१ शुक्रवार १४:२३ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...