back
NMB ad

जापानमा एक नेपालीको मृत्यु

Kumari bank ad

टोकियो । जापान, पारिवारिक भिसामा तीन बर्षअघि जापान आएकी काभ्रे जिल्ला काभ्रे गाविस–५ दारिमकोट घर भई टोकियोको जुजोमा बस्ने ४१ वर्षीया खिलकुमारी ढकालको जापानमा मृत्यु भएको छ ।

काम गर्ने क्रममा मुटु दुख्यो भनेर साइतामा प्रान्तको ओमिया अस्पतालमा उपचारका लागि भर्ना गरिएकी ढकालको आज बिहान मृत्यु भएको श्रीमान् खेमराज ढकालले बताउनुभयो । अस्पतालले हृदयघातका कारण मृत्यु भएको जनाएको छ ।

साइतामाको निशिउरावामा काम गर्न गएकी ढकालले बिहीबार साँझ एक्कासि मुटु दुख्यो भनेपछि कम्पनीको गाडीमा ओमिया अस्पतालमा उपचारका लागि लगिएको थियो । मृतक ढकालका श्रीमान् खेमराज १९ वर्षीय एक छोरा र १७ वर्षीया छोरी जापानमै छन् । छ बर्षअघि कुक भिसामा जापान आएका श्रीमान् खेमराज विगत पाँच महिनायता बेरोजगार भई नयाँ काम खोजिरहेका छन् ।

यसैबीच पारिवारिक अवस्था कमजोर भएको भन्दै मृतक ढकाल परिवारले जापानवासी नेपालीसँग सहयोगको आग्रहसमेत गरेको छ ।

प्रकाशितः २०७२ फाल्गुन २१

वि.सं.२०७२ फागुन २१ शुक्रवार १५:४४ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...