back
NMB ad

उद्योग बन्द गर्ने सरकारी रणनीतिको बिरोधमा उत्रिए उद्योगी

Kumari bank ad

काठमाण्डौं । प्रहरीले गत शुक्रबार निजी क्षेत्रका चर्चित दुई औषधी उत्पादक कम्पनी लोमस फर्मास्युटिकल्स र देउराली जनतामा छापा मारेको बिरोधमा आजबाट स्वदेशी औषधी उद्योगीहरु बिरोधमा उत्रिएका छन् ।

मूल्य नघटाएको भन्दै प्रहरीले शुक्रबार दुई कम्पनीमा छापा मारी सञ्चालक तथा उच्च व्यवस्थापकलाई नियन्त्रणमा लिएको थियो। सरकारले बिना जानकारी छापामार शैलीमा दुई औषधि उद्योगमा छापा मारेको र व्यवसायीलाई पक्राउ गरेको विरोधमा आन्दोलन गर्न लागिएको नेपाल औषधि उत्पादक संघका अध्यक्ष शंकर घिमिरेले बताएका छन्।

लोमस फर्माक्युटिकल्स प्रदिपजंग पाण्डेको हो भने देउराली जनता नेपाल उद्योग परिसंघका नवनियुक्त अध्यक्ष हरिभक्त शर्माको हो जसले गत वर्ष सबैभन्दा बढी कर तिरेको थियो । विदेशी औषधि आयात गर्न र स्वदेशी लगानीकर्तालाई निरुत्साहित गर्न सरकारले यस्तो खेल खेलेको उद्योगहरुले बताएका छन् ।

नेपाल उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्वर अफ कमर्स , औषधि उत्पादक संघ र औषधि व्यवसायी संघले शनिवार संयुक्त पत्रकार सम्मेलन गरी प्रहरीद्वारा नियन्त्रणमा लिइएका औषधि उद्योगीलाई तत्काल रिहाई गर्न माग गरेका थिए ।

नेपाल उद्योग वाणिज्य महासंघमा भएको पत्रकार सम्मेलनमा महासंघका अध्यक्ष पशुपति मुरारकाले सरकारको रबैयाबाट व्यवसायी हतोत्साही भएको पनि बताउँदै समस्या उच्चस्तरीय आयोगमार्फत समाधान गर्न आग्रह गरेका छन् ।

नेपाल औषधि व्यावसायी संघका अध्यक्ष मृगेन्द्रमेहर श्रेष्ठले भूकम्प र नाकाबन्दीमा पनि कुनै औषधिको मूल्य नबढाइ काम गर्दा पनि सरकारले त्यसको धज्जी उडाएको बताए।

वरिष्ठ चिकित्सक डा। भोला रिजालले बाहिरबाट ल्याएका औषधि प्रोत्साहन गर्न र स्वदेशी उत्पादनलाई बन्द गर्ने रणनीतिमा सरकारले स्वदेशी उद्योगीमाथि आक्रमण गरेको बताएका थिए ।

नेपाल औषधी उत्पादक संघका अनुसार व्यवसायीहरुले औषधि उद्योगमा १० खर्ब रुपैयाँ भन्दा धेरै लगानी गरेका छन्। नेपालमा औषधिको कूल मागको ४० प्रतिशत हिस्सा स्वदेशी कम्पनीले ओगट्ने गरेका छन्। नेपालमा ५५ वटा औषधि कम्पनी सञ्चालित छन् भने १२ हजारले रोजगारी पाएका छन्।

२३ फागुन २०७२, ८.००

वि.सं.२०७२ फागुन २३ आइतवार १०:०० मा प्रकाशित

You can share this post!

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...