back
NMB ad

४७ औँ पटक १० कक्षाको परीक्षा दिँदैछन् शिवचरण

Kumari bank ad

आखिर मानिसले कुनैपनि कुरा पूरा गर्नका लागि दृढनिश्चय गरेपछि जस्तोसुकै असफलताबाट पनि हार मान्दैन र पछि हट्दैन । यसको ज्वलन्त उदाहरण बनेका छन् ७७ वर्षका शिव चरण यादव । उनले ४६ पटकसम्म १० कक्षाको परीक्षामा फेल हुँदापनि अझै हिम्मत हारेका छैनन् र यो पाला ४७ औँ पटक परीक्षा दिँदैछन् ।

भारतको राजस्थानका यी वयोवृद्ध विद्यार्थीले यो पटकको परीक्षामा भने आफुले १० कक्षाको बोर्ड परीक्षा उत्तीर्ण गर्ने आशा राखेका छन् ।

लगातार ४६ औँ पटक १० कक्षाकै परीक्षामा फेल भएर पटक पटक परीक्षा दिनु यिनका लागि सजिलो काम होइन । यिनको जिवन उसैपनि दुखपूर्ण छ । उनी दुइ महिनाको छँदा उनको आमाको निधन भएको थियो । उनको बुवा पनि शिवचरणलाई छिटै नै टुहुरो बनाएर परलोक भए । जिवनमा पाएको दुखलाई सम्झेर उनले एउटा कसम खाए की जबसम्म १० कक्षा पास हुँदिन तबसम्म बिहे गर्दिन ।

तर उनले खाएको यो कसम उनको जिवनमा यति महंगो हुन्छ भन्ने उनले कल्पना सम्म पनि गरेका थिएनन् । आखिर आफ्नो त्यहीँ प्रतिबद्धतालाई पूरा गर्न नसक्दा उनी ७७ वर्षसम्म अविवाहित रहनुपरेको छ । ४६ पटक परीक्षा दिँदापनि उनले १० कक्षाको बोर्ड परीक्षा पास गर्न सकेका छैनन् । उनी हरेक पटक कुनै न कुनै विषयमा चिप्लिँदै आएका छन् ।

उनी कहिले कुन विषयमा फेल हुन्छन् र कहिले कुन । अघिल्लो वर्ष पास भएको विषयमा अर्को वर्ष फेल हुन्छन् र अघिल्लो वर्ष फेल भएको विषयमा अर्को वर्ष पास । सन् १९९५ मा यादव लगभग पास भैसकेका थिए तर गणित विषयमा चिप्लिए । त्यसयता त उनी अधिकांस विषयमा फेल हुने गरेका छन् । यसपटक आफुले स्कुलका शिक्षकहरुको सहायतामा राम्रैसँग पढेको हुँदा पास हुने आशा उनको छ ।
प्रकाशितः २०७२ फाल्गुन २३

वि.सं.२०७२ फागुन २३ आइतवार १४:१३ मा प्रकाशित

You can share this post!

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार मेला हुँदै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:४३

काठमाडौँ, १३ वैशाख : नेपाल–चीन (तिब्बत) १७औँ आर्थिक तथा व्यापार...

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

निजी क्षेत्रको मनोबल उठाउन ‘बोल्ड’ निर्णय हुन्छः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १३ बिहीवार १७:३३

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले निजी क्षेत्रलाई उत्साहित बनाउन...

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

चुनावी र्यालीमा बेहोस भएपछि भारतीय मन्त्रीले दिए गर्मीलाई दोष   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:५४

नयाँदिल्ली, १३ वैशाख : भारतका एक मन्त्रीले गर्मीका कारण चुनावी...

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति प्रदान   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४९

काठमाडौँ, १३ वैशाखः राष्ट्रपति रामचन्द्र पौडेलले यही वैशाख १५ गते...

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वैदेशिक रोजगारीमा पठाइदिन्छु भन्दै ठगी गर्ने दुईजना पक्राउ   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:४३

काठमाडौँ, १३ वैशाखः वैदेशिक रोजगारीका लागि क्यानाडा पठाइदिन्छु रु ४१...

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

नाम परिवर्तनका लागि दुई सयभन्दा बढी विद्यालय सम्पर्कमा   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १६:३९

काठमाडौँ, १३ वैशाख: काठमाडौँ महानगरपालिकाले संस्थागत विद्यालयलाई नेपालीपन झल्कने गरी...