back
NMB ad

झुसिलकिराको प्रकोपले गर्दा म्याग्दीमा २० वटाभन्दा बढी भेडाबाख्रा मरे

Kumari bank ad

म्याग्दी । म्याग्दीको राहुघाट क्षेत्रमा झुसिलकिराको प्रकोप फैलिएको छ । एक महिनादेखि फैलिएको झुसिलकिराका कारण पशुचौपाया र मानिस प्रभावित भएका छन्।

जङ्गलमा चरनका लागि गएका भेडाबाख्राले घाँससँगै झुसिलकिरा खाँदा भेडाबाख्रा मरेको चिमखोलाका दुर्गा पुनले बताए। उनका अनुसार चिमखोलामा मात्रै पछिल्लो एक हप्तायता २० वटाभन्दा बढी भेडाबाख्रा मरिसकेका छन्।

घाँससँगै झुसिलकिरा खाँदा पाचन प्रक्रियामा असर पुग्ने र ढाडिएर भेडाबाख्रा मर्ने क्रम बढेको पुनले बताए। विशेषगरी उत्तिसका रुख भएको जङ्गलमा झुसिलकिरा फैलिएको छ । मानिस पनि काउसो बिझ्ने हुँदा जङ्गलमा घाँस दाउरा गर्न जान सकेका छैनन्।

चिमखोलाका साथै छिमेकी कुइनेमङ्गले, दग्नाम र पाखापानी गाविसको जङ्गलमा पनि झुसिलकिराको प्रकोप फैलिएको छ । झुसिलकिराले स–साना बोटबिरुवाका डाँठ खाएर सखाप बनाएको छ । जङ्गलभरि झुसिलकिरा फैलिएको चिमखोलाका गाविस सचिव जीतबहादुर सुनारले बताए।

केही ठाउँका बासिन्दाले झुसिलकिराको प्रकोप नियन्त्रण गर्न जङ्गलमा डढेलो लगाएका छन्। जसले गर्दा वन्यजन्तु, पक्षीको वासस्थानका साथै घरपालुवा जनावरलाई चरनको अभाव भएको छ । झुसिलकिराको प्रकोपले सो क्षेत्रका सयौँ हेक्टर जङ्गल सखाप पारेको छ।

म्याग्दीका जिल्ला वन अधिकृत सुखलालप्रसाद जयसवालले झुसिलकिराको प्रकोपका बारेमा आफूलाई जानकारी नभएको र सम्बन्धित इलाका वन कार्यालयसँग बुझ्ने प्रतिक्रिया दिए।

प्रकाशितः २०७२ फाल्गुन २४

वि.सं.२०७२ फागुन २४ सोमवार ११:२१ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...