back
NMB ad

अमेरिका र दक्षिण कोरियाविरुद्ध आणविक आक्रमण गर्ने उत्तर कोरियाको चेतावनी

Kumari bank ad

काठमाण्डौं । उत्तर कोरियाले अमेरिका र दक्षिण कोरियाविरुद्ध आणविक आक्रमण गर्ने चेतावनी दिएको छ । यी दुई देशले संयुक्त रुपमा थालेको सैन्य अभ्यास नरोके यस्तो आक्रमण गर्ने उत्तर कोरियाले बताएको हो ।

पछिल्ला केही वर्षदेखि भइरहेको संयुक्त अभ्यासमा यस वर्ष ३० हजार सैनिक सहभागी भएको र यो अहिलेसम्मकै ठूलो भएको बताइएको छ । यो अभ्यासलाई उत्तर कोरियाले आफूविरुद्ध हस्तक्षेपको पूर्वाभ्यासका रुपमा व्याख्या गरेको छ ।

तर, उत्तर कोरियाले यस्तो धम्की र चेतावनी दिएको यो पहिलोपटक भने होइन । गत वर्ष पनि उत्तरले अभ्यास नरोके अमेरिकाको राजधानी वासिङटन डिसीलाई ‘आगोको समुद्र’मा परिणत गरिदिने बताएको थियो ।

उत्तरको चेतावनीको जवाफमा दक्षिण कोरियाले यस्ता उत्तेजनात्मक टिप्पणीहरु नगर्न आग्रह गरेको छ । ‘यदि उसको हरकत यस्तै रहिरह्यो भने हाम्रा सैनिक जवाफ दिन बाध्य हुनेछन्,’ दक्षिण कोरियाले अधिकारीले बताएका छन् ।

प्रकाशितः २०७२ फाल्गुन २४

वि.सं.२०७२ फागुन २४ सोमवार १२:३४ मा प्रकाशित

You can share this post!

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२२

काठमाडौँ, ७ वैशाखः चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान...

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१८

महोत्तरी, ७ वैशाख : महोत्तरीको बर्दिवास नगरक्षेत्रमा पछिल्ला केही वर्षयता...