back
NMB ad

के तपाई तयार हुनुहुन्छ ? आठ कम्पनीहरु ल्याउँदैछन् अर्बौंको सेयर

Kumari bank ad

काठमाण्डौं । आठवटा कम्पनीहरुले प्रभावित स्थानीय तथा सर्वसाधारणका लागि सेयर निस्कासनको अनुमति माग्दै धितोपत्र बोर्डमा निवेदन दिएका छन् । करोडौंको सेयर निस्कासन गर्न लागेका यी कम्पनीहरुको १ अर्ब रुपैयाँ बराबरको सेयर खुल्ने भएकोछ ।

सेयर निस्कासनको अनुमति माग्दै धितोपत्र बोर्डमा आएका कम्पनीहरु यस प्रकार छन् :

अरुण काबेली पावर– यो कम्पनीले सर्वसाधारणका लागि १५ करोड रुपैयाँ बराबरको सेयर निस्कासन गर्न लागेको छ। कम्पनीले प्रबद्र्धकका रुपमा सिद्धार्थ क्यापिटल रहेको छ ।

हिमालयन पावर पार्टनर– यो कम्पनीले १० करोड ६५ लाख रुपैयाँको सेयर सर्वसाधारणलाई निस्कासन गर्नका लागि बोर्डमा निवेदन दिएको छ। यसको सेयर प्रबद्र्धकका रुपमा ग्लोबल आईएमई क्यापिटल रहेको छ।

ग्रिन डेभलपमेन्ट बैंक– बागलुङ जिल्लामा मुख्य कार्यालय रहेको यसले १० करोड रुपैयाँ बराबरको सेयर जारी गर्दैछ भने एनआईबीएल क्यापिटलले मुख्य प्रबद्र्धकको जिम्मेवारी लिएको छ।

सिनर्जी पावर डेभलपमेन्ट– कम्पनीले ७ करोड रुपैयाँ बराबरको सेयर निस्कासन गर्ने छ। स्थानीयहरुका लागि कम्पनीले यो सेयर जारी गर्ने भएको हो। १० मेगावाट विद्युत क्षमता रहेको दोलखाको सिप्रिङ खोला हाइड्रोमा कम्पनीको लगानी रहेको छ। सेयर निस्कासनको मुख्य प्रबद्र्धक सिभिल क्यापिटल मार्केट रहेको छ।

न्याग्दी हाइड्रोपावर– यो हाइड्रोको ९ करोड ७३ लाख रुपैयाँको सेयर सर्वसाधारणका लागि खुल्नेछ। कम्पनीले लमजुङ जिल्लामा ३० मेगावाट क्षमताको विद्युत आयोजनामार्फत विद्युत उत्पादन गर्नेछ।

खानीखोला हाइड्रोपावर– ९ करोड ३१ लाख रुपैयाँको सेयर सर्वसाधारणका लागि जारी गर्नका लागि यसले सिभिल क्यापिटल मार्केटलाई प्रबद्र्धकका रुपमा छनोट गरेको छ । कम्पनीले ललितपुरको भट्टेडाँडाबाट २ मेगावाट विद्युत र ठोस्ने खोलाबाट ४ दशमलव ३६ मेगावाट विद्युत उत्पादनमा गरेकोछ ।

नेसनल माइक्रोफाइनान्स– धादिङ स्थित राष्ट्रियस्तरको यो लघुवित्तले ३ करोड रुपैयाँ बराबरको सेयर दिने छ। कम्पनीले प्रबद्र्धकका रुपमा एनआईबीएल क्यापिटलसित सम्झौता गरेको छ।

सूर्योदय लघुवित्त– स्याङ्जामा रहेको यसले सर्वसाधारणका लागि १ करोड २० लाख रुपैयाँको सेयर दिन लागेकोछ । ग्लोबल आईएमई क्यापिटल प्रबद्र्धकका रुपमा रहेको छ।

२५ फागुन २०७२, १०.००

वि.सं.२०७२ फागुन २५ मंगलवार १२:३१ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...