back
NMB ad

जिफन्टले बृहत् ¥यालिसहित मनायो १०६ औं अन्तराष्ट्रिय श्रमिक महिला दिवस

Kumari bank ad

काठमाडौं । नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले १०६ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस ¥याली सहित मनाएको छ । जिफन्टको मुख्य कार्यालय मनमोहन मजदुर भवन, पुतलीसडकबाट सुरु भएको ¥याली रानीपोखरीमा पुगेर सम्पन्न भएको थियो । ¥यालीमा जिफन्टका अध्यक्ष समेत रहेका प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल लगायत जिफन्टका विभिन्न नेता, कार्यकर्ताहरु सहभागि थिए ।

¥याली पश्चात आयोजित सभामा  जिफन्टकी उपाध्यक्ष गोमादेवी आचार्य, सचिव बेलीमाया घले,अखिल नेपाल महिला संघकी कार्यवाहक अध्यक्ष गोमा देवकोटा लगायतले आ–आफ्नो धारण राखेका थिए ।

सो अवसरमा जिफन्टकी उपाध्यक्ष आचार्यले हाल देशको राष्ट्रपति, सदनको सभामुख लगायतमा महिला पुग्नु ठूलो उपलव्धी भएपनि त्यसको निरन्तरताको ग्यारेन्टी हुनुपर्ने धारणा राखिन् । उनले कानूनी रुपमा ८ मार्चको दिन सार्वजनिक विदा दिने व्यवस्था गरिएको भएपनि अहिले पनि धेरै उद्योग, कारखानाहरुका श्रमिक महिलाहरु त्यो सुविधाबाट वञ्चित रहेको बताइन् ।

उनले नयाँँ संविधानले महिलाका केहि अधिकारलाई सुनिश्चित गरेको भन्दै प्राप्त उपलव्धी अझै अपर्याप्त रहेको धारणा राखिन् । निर्णायक तहमा हस्तक्षेपकारी भूमिका निर्माणका लागि श्रमिक महिलाहरु अझ संगठित हुन आवश्यक रहेको भन्दै उनले जहाँ श्रमिक त्यहाँ जिफन्टको अभियानलाई सफल बनाउन लागिपर्न आग्रह गरिन् ।

सोही अवसरमा अनेमसंघकी कार्यवाहक अध्यक्ष गोमा देवकोटाले एकता नै शक्ति हुने भन्दै नेपालमा महिला आन्दोलनकोे लामो ईतिहासको स्मरण गरिन् । उनले वर्तमान अवस्थामा जेजति उपलव्धी प्राप्त भएका छन् त्यसका लागि लामो संघर्ष र बलिदान गरिएको बताइन् । हाल देशको मुख्य पदहरुमा महिला पुग्नु गौरवको विषय भएको पनि बताइन् । राष्ट्रपति, सभामुख, विद्यार्थी संगठनका अध्यक्ष देखि सर्वोच्च अदालतमा समेत केहि समयभित्रै महिला प्रधानन्यायाधिस हुने अवस्था आउँदै गरेको भन्दै समानताको अवस्था निर्माणका लागि अझ अगाडी बढ्न उनले आव्हान गरिन् ।
¥यालीमा सयौं मजदुरको सहभागिता रहेको थियो ।

¥यालीका सहभागिहरुले समान कामको समान ज्याला, महिला अधिकार मानव अधिकार, हरेक निर्वाचित निकायमा समान अधिकार, श्रम सम्वन्धि ऐन कानूनहरु तुरुन्त जारी गर, १० प्रतिशत श्रमिक प्रतिनिधित्वको ग्यारेण्टी, आईएलओ महासन्धि नं ८७ अनुमोदन गर, सम्पूर्ण क्षेत्रमा सामाजिक सुरक्षा लागु गर, अनौपचारिक क्षेत्रका श्रमिकको पञ्जीकरण गर, न्यूनतम ज्याला कार्यान्वयन गर लेखिएका प्लेकार्ड बोकेका थिए ।

वि.सं.२०७२ फागुन २५ मंगलवार १९:०० मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...