back
NMB ad

लघुविद्युत योजना बन्द, करोडौं लगानीकर्ता अन्योलमा

Kumari bank ad

नेपालगञ्ज । मध्यपश्चिम क्षेत्रका कालिकोटमा ४५, मुगुमा १४, जाजरकोटमा १२ र दैलेखमा ७ गरी ७८ वटा लघुविद्युत् योजना बन्द भएका छन् । सयौं घर उज्यालोबाट अन्धकारमा फर्किएका छन् । सरकारी र गैरसरकारी निकायबाट करोडौं लगानी गरी त्यस क्षेत्रका हिमाली र पहाडी जिल्लामा निर्मित यी आयोजनाहरू बिग्रिएर बन्द छन् । कतै निर्माण अवरुद्ध भई अलपत्र छन् । त्यसले अन्य विकासे योजना कटाएर गाउँका खोलाबाट लघुविद्युत् उत्पादन गरी जीवन सहज बनाउने दुर्गमवासीको उज्यालो सपना अधुरो भएको छ । तुलाराम पाण्डे र कालिकोट, प्रकाश अधिकारी र दैलेख, भीमबहादुर सिंह जाजरकोट र राजबहादुर शाही मुगुको रिपोर्ट–

०५८ मा माओवादी सशस्त्र द्वन्द्व उत्कर्षमा पुगेको थियो । दैलेख सदरमुकाम नजिक उत्तरपूर्वमा पर्ने भवानी गाविसमा १६ किलोवाटको दोमिल्ला खोला लघु जलविद्युत् आयोजना निर्माण सुरु भयो ।

विद्रोही र राज्य पक्ष दुवैको नजरमा हाइड्रोपावर निर्माणमा संलग्न उपभोक्तादेखि कर्मचारीहरू शंकामा घेरामा थिए । माओवादीको पटक–पटक अवरोधकाबीच ठीक एक वर्षपछि आयोजना पूरा भयो ।

ज्यान धरापमा राखेर विद्युत्का सामान गाउँ लैजानुपर्ने अवस्था छिचोल्दै निर्माण भएको आयोजना अन्ततस् ०६६ सालदेखि बन्द हुन पुग्यो । हाल आयोजनाका उपकरणहरू जीर्ण भइसकेका छन् । श्रमदानबाहेक करिब ५६ लाख रुपैयाँ खर्चेर बनाइएको यो आयोजना अब मर्मत गरेर सञ्चालनमा ल्याउन सकिने अवस्थामा पनि छैन ।

१२ किलोवाटको कट्टीखोला लघुजलविद्युत् आयोजनाबाट स्थानीयले बत्ती नै देख्न पाएनन् । निर्माण अन्तिम चरणमा पुगेका बेला बाढीले पावरहाउस नै बगाइदियो । बेस्तडा बजारबासीलाई विद्युत् सेवा उपलब्ध गराउने उद्देश्यले निर्माण गर्न लागिएको आयोजनाको लगानी पूरै डुब्यो । यी दुई आयोजना मात्र होइन ।

वैकल्पिक ऊर्जा प्रर्वद्धन केन्द्र, जिविस, गाविस र अन्य गैरसरकारी निकायको आर्थिक अनुदानमा जिल्लामा निर्माण भएका १२ आयोजना छन् । तीमध्ये चार आयोजना चालू र एक अर्धचालू अवस्थामा छन् । विशाला खोला (१८ किलोवाट), काप्रीखोला (१२ किलोवाट), कानेगाड (१८ किलोवाट) र छडीखोला (१८ किलोवाट) बाट जेनतेन बिजुली बलेकै छ ।

त्यस्तै ३६ किलोवाट क्षमताको कासीकाँधको टाकुरीखोला अर्धचालू अवस्थामा छ । रानीवनको काप्रीखोला सबैभन्दा राम्ररी चलेको आयोजनामा गनिन्छ । यसबाट दुई सय बढी घरधुरीले बिजुली बाल्न पाएका छन् । भवानीको आर्यखोला, मेहेल्तोलीको तुर्सुखोला, अपर रुम खोला पनि उद्घाटन लगत्तै बन्द हुन पुगेका आयोजना हुन् ।

ग्रामीण पहुँच कार्यक्रम (तेस्रो चरण) विनरक इन्टरनेसनलको १ करोड ५१ लाख आर्थिक सहयोगमा १५ किलोवाटको तुर्सुखोला, १२ किलोवाटको अपर रुमखोला, १७ किलोवाटको रुमखोला आयोजना भने मर्मत हुँदै छन् । तीनवटै आयोजना चार वर्षदेखि बन्द छन् । विनरकले जीर्ण उपकरण साटफेर गर्ने, फलामको पोल जडान गर्नुका साथै पक्की कुलो निर्माण गरिरहेको छ ।

प्रकाशितस् कान्तिपुर, २६ फागुन २०७२, ८.००

वि.सं.२०७२ फागुन २६ बुधवार १३:२१ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...