back
NMB ad

अमेरिकामा गोली काण्ड, पाँचजना मारिए

Kumari bank ad

काठमाण्डौं । संयुक्त राज्य अमेरिकामा गोली काण्ड भएको छ । त्यस गोलीकाण्डमा कम्तीमा पनि पाँच जना मारिएका छन् ।

पेन्सिलभानियाको एक निजी निवासमा बुधबार राति अबेरतिर अज्ञात व्यक्तिले गोली हानेर पाँचजनाको हत्या गरेका हुन् ।

गोलीकाण्डमा मारिनेमा चारजना महिला र एकजना पुरुष रहेको बताइएको छ ।

चार जनाको घटनास्थलमै र एक महिलाको अस्पतालमा मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । गोली लागेका अरु तीन जना गम्भीर रुपमा उपचार गराइरहेका छन् ।

पेन्सिलभानियाको विल्किन्सबर्गमा सो घटना भएको हो । घटनास्थलको अध्ययनबाट दुई फरक फरक हतियार प्रयोग भएको देखिएको प्रहरीको भनाइ छ ।

प्रहरीले हत्याराको खोजी व्यापक मात्रामा गरेको छ तर अहिलेसम्म पनि कसैलाई पक्राउ गरेको छैन ।

एक व्यक्तिको घर परिसरमा बसेर रातिको समयमा खाइरहेका परिवारका सदस्यलाई लक्ष्यगरी गोली चलाइएको पाइएको प्रहरीको भनाई छ ।

प्रहरीले यसरी गोली हान्ने व्यक्ति आफ्नै साथी हुनुपर्ने अनुमान गरिएको पनि जानकारी दिएको छ । घर परिसरमा बसेर रातिको समयमा रमाइलो गरी खाइरहेका बेला सो घटना भएको अनुमान प्रहरीको छ । एजेन्सी

प्रकाशितः २०७२ फाल्गुन २७

वि.सं.२०७२ फागुन २७ बिहीवार १३:४९ मा प्रकाशित

You can share this post!

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

राजनीतिले लगानीकर्तामाझ उत्साह भर्न सक्नुपर्छ : राष्ट्रपति

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:२५

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको समृद्धिका लागि राजनीतिले लगानीकर्तामाझ...

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

दक्षिण कोरियाद्वारा पहिलो पृथ्वी नानोस्याटेलाइट प्रक्षेपण   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १४:०२

सोल, १३ वैशाख : सन् २०२७ सम्ममा उपग्रह समूह बनाउने...

यस्तो छ आज सुनचाँदीको भाउ

यस्तो छ आज सुनचाँदीको भाउ

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:५४

काठमाडौं । साताको पाँचौ कारोबार दिन सुनको भाउमा गिरावट आएको...

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

जङ्गलभरि आगलागी : बासस्थान खोज्दै गाउँ झरे वन्यजन्तु   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४७

ढोरपाटन (बागलुङ), १३ वैशाख : बागलुङमा फागुन दोस्रो सातादेखि दर्जनौँ...

अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव, कसले के भने ?

अर्थमन्त्रीले लिए बजेटबारे ७ पूर्वअर्थमन्त्रीसँग सुझाव, कसले के भने ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:४१

काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले आगामी आर्थिक वर्ष २०८१/०८२...

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु   

मनाङको नाम्के खर्कबाट यार्सागुम्बा सङ्कलन सुरु   

वि.सं.२०८१ वैशाख १३ बिहीवार १३:३१

नवीन लामिछाने मनाङ, १३ वैशाखः विकट जिल्ला मनाङमा औषधीय जडीबुटी...