तेस्रो मुलुकसँग पनि व्यापार सम्झौता : गाैतम

भक्तपुर । नेकपा (एमाले)का उपाध्यक्ष एवम् पूर्वउपप्रधानमन्त्री वामदेव गौतमले अब नेपालले भारतसँग मात्र नभई चीनलगायत अन्य तेस्रो मुलुकसँग पनि व्यापार सम्झौता गर्ने बताएका छन् ।

उच्चमाध्यमिक शिक्षा परिषद् नेपाल राष्ट्रिय कर्मचारी सङ्घको अधिवेशनको शुक्रबार उद्घाटन गर्दै उनले भारतसँग मात्र भर पर्दा पटकपटक नाकाबन्दी व्यहोर्नु परेकाले अब नाकाबन्दीको विकल्प नेपालले खोज्ने बताए ।

उनले परिषद्का अस्थायी कर्मचारीलाई स्थायी गर्नेबारे प्रधानमन्त्रीसँग छलफल गर्ने बताए ।

कार्यक्रममा परिषद्का उपाध्यक्ष डा चैतन्य शर्मा, सदस्यसचिव नारायण कोइरालालगायतले परिषद्को विकासका लागि सबै कर्मचारी एक हुनुपर्नेमा जोड दिए ।

यसैबीच, गएराति सम्पन्न अधिवेशनले सङ्घको अध्यक्षमा नरेन्द्र ढकाललाई पुनः निर्वाचित गरेको छ । ते¥ह सदस्यीय नयाँ कार्यसमितिको उपाध्यक्षमा भूपेन्द्र कार्की, महासचिवमा गोकुल खड्का, सचिवमा विकास घिमिरे, सङ्गीता केसी र श्रीराम न्यौपाने, कोषाध्यक्षमा गायत्रा सिवाकोटी र सहकोषाध्यक्षमा नवराज खड्का चयन भए ।

२०७२ फागुुण २९ गते १२:१८ मा प्रकाशित

You can share this post!

देउवा बहुमत तर्फ, फर्मुल्लाहले खोले खाता

कांग्रेस मतगणनाको पछिल्लो अपडेटः फेरी जिते खुमबहादुरले

Related posts