back
NMB ad

छात्रावृति कोषमा उप–राष्ट्रपतिले दिए आधा महिनाको तलव

Kumari bank ad

काठमाडौं । मगर समाज सेवा केन्द्रले स्थापना गरेको विद्यार्थी छात्रावृति कोषमा उप–राष्ट्रपति पुनले १५ दिनको तलब दिने घोषणा गरेका छन् । कार्यक्रमलाई सम्बोधन गर्दै पुनले गरिब तथा जेहेन्दार विद्यार्थीको अध्ययनका छात्रवृति कोष स्थापना गर्न उत्यन्तै सराहनिय काम भएको बताए ।

गरिब तथा जेहेन्दार विद्यार्थीको अध्ययनका लागि छात्रवृति दिन स्थापना गरेको कोष एक करोड भन्दा बढीको हुने अध्यक्ष मानबहादुर बुढा मगरले बताए । उक्त कोषमा आशाका किरण एजुकेशन फाउण्डेशले ३ लाख ५० हजास सहयोग गरेको छ । त्यस्तै विभिन्न व्यक्तिहरुले उक्त कोषकका लागि रकम घोषणा गरेका छन् ।

सम्पूर्ण नेपाली बीच एकताको खाँचो छ : उप–राष्ट्रपति

उप–राष्ट्रपति नन्दबहादुर पुनले आर्थिक समृद्ध र नेपाल निमार्णमा सबै नेपाली एकजुट हुनुपर्ने बताएका छन् । दु्रत गतिमा आर्थिक तथा सामाजिक विकास गर्दै समृद्ध नेपाल निमार्णको लागि सम्पूर्ण नेपाली बीच एकताको खाँचो रहेको उनको भनाई थियो ।

मगर समाज सेवा केन्द्र, ललितपुरको २२ औं बार्षिक भेटघाट तथा साँस्कृतिक कार्यक्रमलाई सम्बोधन गर्दै उप–राष्ट्रपति पुनले सम्पूर्ण जात जातिहरुको समुदाय बीच बलियो एकताबाट मात्रै समृद्ध नेपाल निर्माण सम्भव रहेको बताए । कुनै पनि समुदाय कुनै कारणले हेपिएको, पछाडि पारिरएको महशुस नरहने अवस्थामा मात्रै राष्ट्रिय एकता थप बलीयो हुने उनको भनाई थियो ।

लोकतन्त्रमा सबै जात जातिको आवाज राज्य तहमा पुग्न सके मात्र परिवर्तनको महशुस जनताले गर्न सक्ने उनले बताए । आदिवासी जनजातीमा मगर समुदाय पहिलो स्थानमा रहेको बताउँदै समृद्ध नेपाल निमार्णमा मगर समुदायको उल्लेख्य भूमिका रहने पुनले विश्वास व्यक्त गरे ।

केन्द्रले स्थापना काल देखिनै समग समुदायलाई संगठित, चेतनशिल र क्रियाशिल बनाउँदै आएको अध्यक्ष मानबहादुर बुढा मगरले बताए । आफ्नो अस्तित्व र भूमिका बलियो बनाएको उनको भनाई थियो ।

२९ फागुन २०७२ / ४:४४

वि.सं.२०७२ फागुन २९ शनिवार १८:३३ मा प्रकाशित

You can share this post!

काठमाडौँका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन   

काठमाडौँका सामुदायिक विद्यालयमा स्वयंसेवक परिचालन   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:४५

काठमाडौँ, ११ वैशाख : काठमाडौँ महानगरपालिकाले सामुदायिक विद्यालयको सौन्दर्यीकरण तथा...

सञ्चालनको तयारीमा नेपालगञ्ज आइसिपी   

सञ्चालनको तयारीमा नेपालगञ्ज आइसिपी   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:४०

राँझा (बाँके), ११ वैशाख : नेपालगञ्ज नाकामा नवनिर्मित एकीकृत भन्सार...

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौँ   

कतारका अमिरको स्वागतमा सिँगारियो काठमाडौँ   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १३:३२

काठमाडौँ, ११ वैशाख : कतारका अमिर शेख तमिम बिन हमाद...

कतारी अमिरको नेपाल भ्रमण, सुरक्षा व्यवस्था चुस्त   

कतारी अमिरको नेपाल भ्रमण, सुरक्षा व्यवस्था चुस्त   

वि.सं.२०८१ वैशाख ११ मंगलवार १२:१५

काठमाडौँ, ११ वैशाखः कतारका अमिर शेख तमिम बिन हमाद अल...

‘विस लिष्ट’ होइन, व्यवहारिक परियोजना प्रस्तुत गरौँः प्रधानमन्त्री   

‘विस लिष्ट’ होइन, व्यवहारिक परियोजना प्रस्तुत गरौँः प्रधानमन्त्री   

वि.सं.२०८१ वैशाख ११ मंगलवार ११:५९

काठमाडौँ, ११ वैशाखः प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निजी क्षेत्रलाई विश्वासमा...

बागलुङमा ३८ वनमा आगलागी: १५ वनको आगो नियन्त्रण बाहिर   

बागलुङमा ३८ वनमा आगलागी: १५ वनको आगो नियन्त्रण बाहिर   

वि.सं.२०८१ वैशाख ११ मंगलवार ११:५१

ढोरपाटन (बागलुङ), ११ वैशाख: बागलुङको बरेङ गाउँपालिका–२ को सल्लेरी सामुदायिक...