back
NMB ad

अपडेट काँग्रेस : समावेशी २२ मा देउवाको १४, खुल्लामा पनि अगाडी

Kumari bank ad

काठमाडौँ । कांग्रेस केन्द्रीय कार्यसमितिको मत परिणाम अनुसार सनावेशी केन्द्रीय सदस्यमा सभापति शेरवहादुर देउवाको पक्षमा सुविधानजक बहुमत आउने देखाएको छ ।

शनिबारसम्मको मत परिणाम अनुसार २२ केन्द्रीय सदस्यको नतिजा आउँदा देउवा प्यानलमा १४ जनाले जितेका छन्  । सभापतिमा पराजित रामचन्द्र पौडेलको पक्षमा ८ जनाले जित हासिल गरेका छन् ।

शनिबार मुस्लिम, महिला, आदिवासी जनजाति, मधेसी र दलिततर्फको समावेशी कोटाका २२ केन्द्रीय सदस्यको नतिजा आएको छ ।

महिला आरक्षतर्फको ६ केन्द्रीय सदस्यमा देउवा प्यानलका चार र पौडल प्यानलका दुई निर्वाचित भएका छन् । देउवा प्यानलकी डिला संग्रौला पहिलो नम्वरमा निर्वाचित भएकी छिन् । उनी महिला संघकी अध्यक्ष समेत हुन । देउवा प्यानलकै पुष्पा भुषाल, अम्बिका बस्नेत, ईश्वरी न्यौपाने र पौडेल प्यानलबाट कमला पन्त र सरिता प्रसाई विजयी भएका छन् ।

आदिबासी जनजातिको खुला ३ पदमा देउवा प्यानलबाट बहादुरसिंह लामा, पौडेल प्यानलबाट चीनकाजी श्रेष्ठ र नेविसंघका पूर्वअध्यक्ष कल्याण गुरुङ निर्वाचित भएका छन् ।

आदिवासी जनजाति महिला २ पदको आरक्षणमा सीता गुरुङ र रत्ना शेरचन विजयी भएका छन् । गुरुङ देउवा प्यानल र शेरचन पौडेल प्यानलका हुन् ।

मधेसी ३ पदको खुला केन्द्रीय सदस्यमा देउवा प्यानलका अजय चौरसिया, महेन्द्र यादव र पौडेल प्यानलका रामकृष्ण यादव निर्वाचित भएका छन् ।

मधेसी  २ पदको महिला आरक्षणमा किरणदेवी यादव र पार्ववती डिसी चौधरी विजयी भएका छन् । प्रत्यक्ष सिटमा निर्वाचित सांसद समेत रहेकी यादव पौडेल प्यानलकी हुन् । देउवा प्यानलबाट उम्मेदवार भएकी चौधरी पनि प्रत्यक्ष सिटमा निर्वाचित सांसद हुन् ।

आरक्षण दलित ३ को खुला पदमा जीवन परियार, मीन विश्वकर्मा र मानवहादुर विश्वकर्मा विजयी भएका छन् ।

परियार पौडेल प्यानलका हुन् भने मानवहादुर र मीन देउवा प्यानलका हुन् । पछिल्लोपटक संस्थापन छाडेर देउवा प्यानलबाट केन्द्रीय सदस्यमा निर्वाचित हुनेमा मन्सुर र मानवहादुर हुन् ।

दलित आरक्षण महिला २ पदमा लक्ष्मी परियार र सुजाता परियार विजयी भएका छन् । यी दुवै देउवा प्यानलका हुन् ।

केन्द्रीय कार्यसमितिको सदस्यका लागि खुला र आरक्षण तर्फ गरी ४६ पदका लागि भइरहेको मतगणनामा अब ३९ सदस्यको परिणाम आउन बाँकी छ । शनिबारदेखि प्रदेशबाट प्रतिनिधित्व हुने केन्द्रीय सदस्यको मत गणना पनि सुरु भएको छ ।

खुला २५ मा शनिबार १५ सय मतको गणना सकिएको छ । १५ सय मत गणना हुँदा देउवा प्यानलका १४ र पौडेल प्यानलका ११ सदस्य अग्रस्थानमा छन् ।

१५ सय मत गणनामा खुला २५ मा कसले कति ल्याए ?
१) खुमवहादुर खडका (८९८)
२)  डा. शेखर कोइराला (८८५)
३) प्रकाशमान सिंह (८८०)
४) रमेश लेखक (८५१)
५) पूर्णवहादुर खडा (८४३)
६) केवी गुरुङ (८४१)
७) प्रदिप गिरी (८३९)
८) प्रदीप पौडेल (८३७)
९) बालकृष्ण खाँड (८३५)
१० विमलेन्द्र निधि (८३३)
११) धनराज गुरुङ (८२४)
१२)  महेश आचार्य (८१५)
१३) रामशरण महत (७८६)
१४) बलवहादुर केसी (७८५)
१५) विश्वप्रकाश शर्मा (७७१)
१६) सुजाता कोइराला (७६६)
१७) शंकर भण्डारी (७४९)
१८) प्रकाशशरण महत (७४०)
१९)एनपी सावद (७३०)
२०) गोपालमान श्रेष्ठ (७३०)
२१) चन्द्र भण्डारी  (७२१)
२२) मिनेन्द्र रिजाल (७१३)
२३) ज्ञानेन्द्र वहादुर कार्की (७१३)
२४) नारायण खडा (७१२)
२५)बदि्र पाण्डे (७०३)
२६) जीप छिरिङ(६२३)
२७) उदय शमशेर राणा(६२२)
२८)डिनालक्ष्मी उपाध्याय(६०८)
२९) पद्मनारायण चौधरी (६०७)

२९ फागुन २०७२ / ९:२२

वि.सं.२०७२ फागुन २९ शनिवार २१:१५ मा प्रकाशित

You can share this post!

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

चीनको ‘जिडिआइ’ बाट नेपालले पनि लाभ लिनसक्छः उपाध्यक्ष पौडेल   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:२९

काठमाडौँ, १६ चैत : नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष...

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

सानिमा बैंकको सेयर बिक्रीमा, क–कसले दिने आवेदन ?

वि.सं.२०८० चैत १६ शुक्रवार १२:१२

काठमाडौं । सानिमा बैंकले ६८ हजार कित्ता संस्थापक सेयर बिक्री...

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...