back
NMB ad

प्रधानमन्त्रीले फोनबाटै गरे देशकै उत्कृष्ट सहकारी घोषणा

Kumari bank ad

गुलरिया । साना किसान कृषि सहकारी संस्था लिको सेवाले बर्दिया जिल्लाका सबै ग्रामीण क्षेत्र ढाकेकाले बर्दिया कृषि सहकारीमा नेपालकै नमुना जिल्ला भएको घोषणा गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न साना किसान सहकारीको व्यवस्थापन हस्तान्तरण गरेका छन् ।

मौसम खराव भएपछि बर्दिया आउन नसकेपछि ओलीले फोनबाटै साना किसान कृषि सहकारी सङ्घ लि बर्दिया, साना किसान कृषि सहकारी संस्थाहरु मैनापोखर, पदनाहा, डेउढाकला र ढोढरीले आज राजापुरमा आयोजना गरेको कार्यक्रममा व्यवस्थापन हस्तान्तरण गरेका हुन् ।

सो अवसरमा प्रधानमन्त्री ओलीले सहकारी अभियानमा महिला सहभागी भई आत्मनिर्भर बन्नुपर्ने आजको आवश्यकता रहेको पनि बताए । महिला सहभागिता र सहकारी अभियानबाट समुन्नत समाजको कामना गर्दै साना किसान सहकारी संघको व्यवस्थापनअन्तर्गत रहेका १६ वटा गाविसका संस्था १६ वटा साना किसान सहकारी संस्थालाई नै हस्तान्तरण गरी बर्दिया नेपालकै नमूना जिल्ला भएको पनि बताए ।

प्रधानमन्त्री अनुपस्थित हुनुभएकोले सो कार्यक्रममा विशेष अतिथि सभासद् मानबहादुर चौधरी, लीला राणा, निर्मल सुवेदीले हस्तान्तरण कार्यक्रमको संयुक्तरुपमा उद्घाटन गरेका थिए ।

कार्यक्रममा साना किसान जिल्ला सङ्घ बर्दियाका अध्यक्ष तथा कार्यक्रमका सभापति अध्यक्ष दिलाराम जैसीले बर्दियाका साना किसान कृषि सहकारी संस्था साविकका गाविस वेलवा, धधबार, मनाउँ, पाताभार, पशुपतिनगर, नयाँगाउँ, दौलतपुर, बदालपुर, ठाकुरद्वारा, गोला, सूर्यपटुवा, बगनाहा, बानियाँभार, मगरागाडी, महमदपुर, सोरहवा गाउँका साना किसानलाई नै प्रधानमन्त्रीद्वारा हस्तान्तरण भएकोमा आफूलाई खुसी लागेको बताए ।

वि.सं.२०७२ फागुन २९ शनिवार १९:५६ मा प्रकाशित

You can share this post!

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

लगानी सम्मेलनमा प्रदेशका आयोजनाको छुट्टै स्टल राखिने   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५३

काठमाडौँ, १६ चैत : आगामी वैशाख १६ र १७ गते...

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

देशको अर्थतन्त्र गत वर्षजस्तो सङ्कटमा छैन : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:४६

मनहरी (मकवानपुर), १६ चैत : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देशको...

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

एनआईसी एशिया बैंकद्वारा ‘बिराट गोल्ड कप फुटबल’ प्रायोजन

वि.सं.२०८० चैत १६ शुक्रवार १२:५३

काठमाडौं । एनआईसी एशिया बैंकले कोशी प्रदेशमा आयोजना हुन गइरहेको...

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

कोहलपुर–सुर्खेत प्रसारण लाइनः रूख कटान प्रक्रिया सुरु   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:४१

काँक्रेविहार (सुर्खेत), १६ चैत : कर्णालीको विद्युतीकरणका लागि क्रान्ति ल्याउने...