प्रति सिलिण्डर ग्याँसमा १ सय रुपैयाँ कम हुने

काठमाण्डौं । चिनियाँ कम्पनी साइनो प्याक्सले भारतको भन्दा कम मूल्य प्रतिकिलो ग्यास ३.५ चिनियाँ युयान (५८ रुपैयाँ) मा दिन सकिने प्रस्ताव नेपाललाई गरेपछि सो प्रस्ताव नेपालले स्वीकार गरे अब हालको मूल्यभन्दा १ सय रुपैयाँ कममा ग्याँस पाइने भएकोछ ।

प्रतिसिलिन्डर अर्थात् १४.२ किलो ग्यासलाई ८२३ रुपैयाँ पर्छ । भारतीय आयल कर्पोरेसन (आईओसी) रक्सौलमा प्रतिसिलिन्डर ग्यासको मूल्य ९२२ रुपैयाँ पर्छ । राजस्व र मूल्य अभिवृद्धि करसहित मूल्य २०७ रुपैयाँ थपिन्छ । ढुवानी लगायत खर्च जोड्दा उपभोक्ताले १ हजार ४०० रुपैयाँमा किनिरहेका छन् ।

आपूर्ति मन्त्रालयले चीनबाट ग्यास आयात गर्न छलफल अघि बढाइरहेको छ । प्रधानमन्त्री केपी ओलीको भ्रमणका क्रममा चीनसँग इन्धन सम्झौता हुने मन्त्रालयले जनाएको छ । ओली चैत ७ गते चीन जाँदैछन् । झन्डै ६ महिनाअघि नेपाल आयल निगम र चीनको पेट्रो चाइनाबीच नेपालको मागको एकतिहाइ इन्धन आयात गर्ने विषयमा सम्झौता भएको थियो ।

३० फागुन २०७२, ८.००

२०७२ फागुुण ३० गते ११:२८ मा प्रकाशित

You can share this post!

अब जमाना आफै दिसापिसाब धोइदिने ट्वाइलेटको

आयोगद्वारा ६ सय ११ शिक्षकका लागि दरखास्त आव्हान

Related posts