back
NMB ad

तीन दिनभित्र ग्याँस नबाँडे पसल नै शिलबन्दी गरिने

Kumari bank ad

दमौली । जिल्ला प्रशासन कार्यालय तनहुँको नेतृत्वमा खटिएको एक टोलीले मङ्गलबार दमौली बजारमा रहेका ग्यासका डिपोको अनुगमन गरेको छ। टोलीले दमौली बजारमा रहेका दमौली सप्लायर्स, डी एन्ड डी, मङ्गल भाँडा पसल, मल्ल भाँडा पसल लगायतका ग्यास बिक्री गर्ने डिपोको अनुगमन गरिएको हो।

ग्यास बिक्रेताले उपभोक्तालाई पुराना सिलिन्डर बिक्री गर्न छाडेर नयाँ सिलिन्डर किन्न बाध्य पारेको गुनासो बढेपछि अनुगमन गर्न टोली पठाइएको प्रमुख जिल्ला अधिकारी पुरुषोत्तम कुँवरले बताए। अनुगमनका क्रममा गोदाममा भेटिएका सिलिन्डर तत्कालै उपभोक्तालाई चलनचल्तीको मूल्यमा वितरण गरिएको बताइएको छ।

अनुगमनका क्रममा कतिपय शङ्कास्पद गतिविधिसमेत देखिएकाले अबदेखि ग्यास अनलोड भएको तीन दिनभित्रै सबै ग्यास उपभोक्तालाई वितरण गर्न आवश्यक निर्देशन दिइएको प्रशासनले जनाएको छ। त्यसरी ग्यास वितरण नगरी पुनः गोदाममा राखेर चर्को मूल्यमा बिक्री गरेको फेला परेमा सिलबन्दी गरिने बताइएको छ। टोलीमा व्यास नगरपालिकाका प्रतिनिधि, उपभोक्ता मञ्चका प्रतिनिधि र सञ्चारकर्मीको सहभागिता थियो। रासस

३ चैत २०७२, ९.००

वि.सं.२०७२ चैत ३ बुधवार ११:१५ मा प्रकाशित

You can share this post!

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

अर्थतन्त्रमा सकारात्मक संकेतहरु देखा परेका छन्ः अर्थमन्त्री पुन

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:३८

काठमाडौं । अर्थमन्त्री वर्षमान पुन अनन्तले अर्थतन्त्र शिथिलताबाट बाहिर आउन...

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

धादिङको तेम्बाह्यारा महभिरमा ‘हनी हन्टिङ’   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:२९

धादिङ : साहसिक पर्यटनको अत्याधिक सम्भावना बोकेको धादिङको गङ्गाजमुना गाउँपालिका–२...

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

नेपाल वेस्ट इन्डिज ‘ए’सँग पराजित   

वि.सं.२०८१ वैशाख १९ बुधवार १६:०८

काठमाडौँ, १९ वैशाख : टी–ट्वान्टी शृङ्खलाको तेस्रो खेलमा नेपाल वेस्ट...

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

श्रमिकको न्यूनतम पारिश्रमिक वृद्धि गर्न पहल गर्छु : प्रधानमन्त्री दाहाल   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:२२

काठमाडौँ, १९ वैशाख : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अनौपचारिक क्षेत्रमा...

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

उनन्तिसौँ पटक सगरमाथा आरोहण गर्दै कामिरिता   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१४

सिबी अधिकारी  काठमाडौँ, १९ वैशाख : सगरमाथाको २८ पटक आरोहण...

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

श्रम मन्त्रालयद्वारा ‘श्रमदान’ अभियानको घोषणा   

वि.सं.२०८१ वैशाख १९ बुधवार १५:१०

काठमाडौँ, १९ वैशाख : श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले...