back
NMB ad

मलेसियामा पनि दुई थोपा हाँसो

Kumari bank ad

काठमाडौं । पैसा तिरेर टिकट काटेर विभिन्न सांगीतिक एवं साँस्कृतिक कार्यक्रम हेर्दै आएका नेपाली दर्शकका लागि खुसीको खबर । मलेशियामा बस्ने नेपालीलले सिस्नुपानी नेपालको कार्यक्रम सित्तैमा हेर्न पाउने भएका छन् ।

सिस्नुपानी नेपालका कलाकारले मलेशियामा प्रस्तुती गर्ने कार्यक्रम हेर्न दर्शकले कुनै शुल्क तिर्न पर्दैन । शुक्रवारदेखि मलेशियामा सुरु हुने कार्यक्रममा हाँस्यब्यङग्य, साहित्यिक, सांगीतिकदेखि योग प्रशिक्षण समेत रहेको छ । दुई थोपा हाँसो हाँस्यब्यङ्ग्य यात्रा अन्तरगत सिस्नुपानीले यसअघि दुबई र कतारमा कार्यक्रम गरिसकेको छ ।

कतार र दुबईको दर्जन बढी स्थानमा कार्यक्रम सम्पन्न गरेको जानकारी दिंदै सिस्नुपानीका अध्यक्ष लक्ष्मण गाम्नागेले मलेशियाको आधा दर्जन स्थानमा प्रस्तुति दिन लागेको बताए ।

शुक्रवार मलेसियाको निलाईस्थित जीएस पेपर कम्पनी परिसरवाट कार्यक्रम सुरु हुन्छ । त्यसपछि टप ग्लोर होस्टर परिसर र क्वालालाम्पुर स्थित फाईभ इलेमेन्टस होटलमा हुने छ । जोरबारु, मुआर र गोर्खा भिलेजमा पनि सिस्नुपानीले प्रस्तुति दिने भएको छ ।

नेपालीहरुले काम गर्ने कारखाना, बस्ने होस्टेल र पार्कहरुमा गएर कार्यक्रम प्रस्तुति गरिने गाम्नागेको भनाई छ । टोलीमा गाम्नागेसंगै, मनोज गजुरेल, धिरेन्द्र प्रेमषिर्, अर्जुन पराजुली, डा. राजु अधिकारी रहेका छन् ।

डा. अधिकारीले योग र अन्य स्वास्थ्य टिब्स दिने उक्त कार्यक्रममा गजुरेलले प्रहशन प्रस्तुत गर्ने भएका छन् ।

वि.सं.२०७२ चैत ३ बुधवार १२:४९ मा प्रकाशित

You can share this post!

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

हुम्लामा दैनिक उपभोग्य सामानको मूल्य घट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२७

सिमकोट, (हुम्ला) वैशाख ७ : हुम्ला उद्योग वाणिज्य सङ्घले दैनिक...

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति, कुन देशमा कति पुगे ?    

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:२२

काठमाडौँ, ७ वैशाखः चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान...

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

बर्दिवासमा एक अर्बभन्दा बढी लगानीमा होटल बन्दै   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:१८

महोत्तरी, ७ वैशाख : महोत्तरीको बर्दिवास नगरक्षेत्रमा पछिल्ला केही वर्षयता...