back
NMB ad

सडकका लागि ५ करोड !

Kumari bank ad

मुस्ताङ । हिमाली जिल्ला मुस्ताङमा सबैभन्दा बढी सडकका योजना माग भएको छ । २४औँ जिल्ला परिषद्मार्फत २२ वटा सडक आयोजना निर्माणका लागि पाँच करोड ९९ हजार रुपैयाँ बजेट प्रस्ताव गरिएको छ ।

सोह्र गाविस रहेको जिल्लाका सबै गाविस कार्यालयसम्म सडक सञ्जालको पहुँच विस्तार भएपनि मर्मतसम्भार र कालोपत्रका लागि उक्त सङ्ख्यामा सडक आयोजनाको माग भएको पाइएको छ । जिल्लामा प्राप्त सडक योजनालाई विभिन्न कार्यक्रमअन्तर्गत समावेश गरेर सम्बोधन गर्ने प्रयास गरिएको स्थानीय विकास अधिकारी हरिप्रसाद बाँस्तोलाले जानकारी दिए ।

उनका अनुसार ग्रामीण पुनर्निर्माण तथा पुनस्र्थापना कार्यक्रमअन्तर्गत पाँच, स्थानीय यातायात पूर्वाधार क्षेत्रगत कार्यक्रममा आठ र सडक बोर्डमार्फत आठवटा सडक मर्मतसम्भार र विस्तारको कार्य हुनेछ । जिल्लाको गौरवका रुपमा मनाङ जिल्ला जोड्ने सडकलाई समेत प्राथामिकता साथ बजेट विनियोजन गरिएको छ ।

उक्त सडकका लागि ८० लाख रुपैयाँ विनियोजन गरिएको जिविसले जनाएको छ । सबैभन्दा बढी ग्रामीण पुनर्निर्माण तथा पुनस्र्थापना कार्यक्रममा तीन करोड ४९ लाख, सडक बोर्डअन्तर्गत २८ लाख र स्थानीय यातायात पूर्वाधारमा ७५ लाख बजेट माग गरिएको छ ।

जिल्लामा पर्ने कालीगण्डकी करिडोरअन्तर्गत जोमसोम–कोरला सडकखण्डको क्षेत्रमा पनि सडक विभागले आफैले लगानी गरेर काम गर्न अर्थ मन्त्रालयमा बजेट माग गरिसकेको छ । कोरला नाका सञ्चालनका लागि सडकको स्तरोन्नति पहिलो प्राथामिकता भएकाले सडक विभागले उक्त खण्डलाई प्राथामिकतामा राखेको स्थानीय विकास अधिकारी बाँस्तोलाले जानकारी दिए । रासस

४ चैत २०७२, १०.००

वि.सं.२०७२ चैत ४ बिहीवार १०:२३ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...