back
NMB ad

खप्तड क्षेत्र घुम्न १५ हजारमै साप्ताहिक ‘टुर प्याकेज’

Kumari bank ad

कञ्चनपुर । प्रसिद्ध पर्यटकीय स्थल खप्तड घुम्न चाहनुहुन्छ? चाहना भए पनि नचिनेको ठाउँ र साथी नमिल्दा जान पाउनुभएको छैन कि?  चिन्ता नलिनुस्,  पन्ध्र हजार  रुपैयाँ खर्च गरेर कञ्चनपुरदेखि खप्तडसम्म घुम्नका लागि साप्ताहिक ‘टुर प्याकेज’ सञ्चालनमा ल्याइएको छ।

मोहित ट्राभल्स एन्ड टुर प्राइभेट लिमिटेड, शुक्लाफाँटा जङ्गल कटेज र होटल न्यू आनन्द महेन्द्रनगरले यही वैशाख ४ गतेसम्मका लागि संयुक्तरुपमा प्याकेज सञ्चालनमा ल्याएका हुन्।

खप्तड प्याकेजमा पहिलो दिन महेन्द्रनगरबाट दीपायल सिलगडी, दोस्रो दिन दीपायलबाट झिग्राना, तेस्रो दिन झिग्राना, विचपानी हुँदै खप्तड पुग्ने कार्यक्रम बनाइएको शुक्लाफाँटा कटेजका सञ्चालक परमानन्द भण्डारीले बताए। खप्तड पुगेपछि दुई दिन बसेर छैटौँ दिन दीपायल, अछाम वा बझाङ हुँदै महेन्द्रनगर फर्कने कार्यक्रम राखिएको छ।

“प्याकेजअन्तर्गत बीसजना पर्यटकलाई घुमाउने योजना बनाएका छौँ”, व्यवसायी भण्डारीले भने। ।  आगामी दिनमा सुदूरपश्चिमका अन्य पर्यटकीय क्षेत्रका लागिसमेत प्याकेज बनाइने उनले बताए। उनले यसअघि शुक्लाफाँटा वन्यजन्तु आरक्ष घुम्नका लागि टुर प्याकेज सञ्चालन गर्दै आएका थिए। पर्यटक प्रर्वद्धन गर्ने उद्देश्यले प्याकेज बनाई पर्यटकलाई घुमाउने योजना बनाउँदै आएको उनले बताए। रासस

वि.सं.२०७२ चैत ४ बिहीवार १०:४३ मा प्रकाशित

You can share this post!

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...