back
NMB ad

सार्कका आदर्श र उद्देश्यप्रति नेपाल प्रतिबद्ध छ : प्रधानमन्त्री

Kumari bank ad

पोखरा । प्रधानमन्त्री केपी शर्मा ओलीले दक्षिण एसियाका जनताको प्रगति, समृद्धि र कल्याणका लागि दक्षिण एसियाली क्षेत्रीय सहयोग सङ्गठन (सार्क)का आदर्श, सिद्धान्त र उद्देश्यप्रति नेपालको पूर्ण प्रतिबद्धता रहेको बताएका छन् ।

सार्क मन्त्रिपरिषद्को ३७औँ बैठकको उद्घाटन गर्दै ओलीले दक्षिण एसियाली पहिचान र यस क्षेत्रका जनताको उन्नयनलाई केन्द्रमा राखेर सार्कको जीवन्त भावनालाई अक्षुण्ण राख्न सबै सदस्य मुलुकलाई आग्रह गरे ।

प्रधानमन्त्रीले दक्षिण एसियाको सफलता, यसको समुज्वल भविष्यका निम्ति बिलम्ब गर्ने बेला छैन भन्दै अब आर्थिक विकासका सम्भावनालाई अघि बढाउन सामूहिक रुपमा काम गर्नुपर्नेमा जोड दिए । ‘विश्व मामिलामा अग्रपङ्क्तिमा रहेर दक्षिण एसियाले नेतृत्व गर्नुपर्छ ।’ उनले भने ।

विश्वले दक्षिण एसियाको सामथ्र्य र सम्भावना, हाम्रा प्रयास र आकाङ्क्षालाई उत्सुकताका साथ निरन्तर नियालिरहेको चर्चा गर्दै प्रधानमन्त्रीले यस भेगको गरिमाका निम्ति दृढताका साथ काम गर्नुपर्ने बताए ।

‘‘स्रोत र साधनले भरिपूर्ण भएर पनि चौतर्फी विकासमा दक्षिण एसिया पछि परेको छ । यस क्षेत्रको विकास प्रगति उत्साहजनक छैन । दिगो विकासको प्रचुर सम्भावना रहेको यस भेगलाई आधुनिक प्रविधिको उपयोग गर्दै विश्वको आर्थिक केन्द्र बनाउन सकिन्छ ।’ उनले भने ।
४ चैत २०७२, ३:२३

वि.सं.२०७२ चैत ४ बिहीवार १५:०७ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...