back
NMB ad

त्रिशूली बचाउ अभियान गर्दै ‘नारा’

Kumari bank ad

काठमाडौ । नेपाल एसोसिएशन अफ् ¥याफ्टिङ एजेन्टस् (नारा)ले चैत ७ गते अर्थात् मार्च २० तारिखका दिन त्रिशूली नदी बचाउ राष्ट्रिय अभियानको आयोजना गर्ने भएको छ ।

बिहिबार राजधानीमा पत्रकार सम्मेलन गरि नाराले विगत वर्षहरुमा जस्तै यस वर्ष पनि त्रिशूली नदी बचाउ अन्तर्गत चितवन जिल्ला स्थित फिस्लिङ–कुरीनघाट खण्डमा सरसफाई र सरोकार पक्षसँग अन्तक्रिया गर्ने जनाएको छ ।

पर्यटकीय दृष्टिले ¥याफ्टिङका लागि विश्वकै उत्कृष्ट मानिने त्रिशूली नदीलाई प्रदुषण मुक्त बनाउने योजना अनुरुप विगत तीन वर्ष अघि देखि नाराले यस किसिमको सरसफाई अभियान सञ्चालन गर्दै आएको पनि नाराले जनाएको छ । विगत वर्षहरुमा धादिङ खण्ड अन्तर्गत त्रिशूली नदीमा अभियान संचालन गरिएको थियो । त्रिशूली नदी बचाउनुपर्छ र प्रदुषणमुक्त पार्नुपर्छ भनेर सबैमा सचेतना जगाउन, जलयात्राको आकर्षक गन्तव्य बनाउने, वातावरण पर्यावरणलाई जोगाउने, सरकार र सरोकार निकायलाई नदीसम्बन्धि दिगो नीति तथा योजना बनाउन सहयोग पु¥याउने लगायत उदेश्यका साथ अभियान अगाडि बढाईएको नाराको भनाइ छ ।

सरसफाईमा पर्यटन व्यवसायीहरु र पर्यटकीय संस्थाहरुको प्रतिनिधि सहित धादिङ, गोरखा, चितवन र नुवाकोटका सीडीओ, एलडीओ, उच्च तहका प्रतिनिधि, सुरक्षा निकायका प्रमुख, एनजीओ, आईएनजीओका प्रतिनिधि र स्थानीयहरु र संचारकर्मीको उल्लेख्य सहभागीता रहने बताईएको छ ।

कार्यक्रममा नाराका महासचिव शेखर बहादुर थापाले त्रिशूली नदीलाई बागमती र विष्णुमती जस्तो हुन नदिनका लागि पनि वेलैमा यस्तो अभियान संचालन गर्नु आवश्यक रहेको भन्दै नाराले उक्त कार्यको सुरुवात गरेको बताए ।

वि.सं.२०७२ चैत ४ बिहीवार १७:१८ मा प्रकाशित

You can share this post!

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

ऊर्जा सुरक्षाका लागि वैकल्पिक ऊर्जाको विकास निर्विकल्प : सरोकारवाला  

वि.सं.२०८१ वैशाख १४ शुक्रवार २०:०९

काठमाडौँ, १५ वैशाखः नेपालमा जलविद्युत्सँगै हाइड्रोजन, सौर्य, वायु जस्ता वैकल्पिक...

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

अर्थतन्त्र मिश्रित अवस्थामा छ : गभर्नर अधिकारी   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५७

काठमाडौँ, १४ वैशाख : नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले...

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई, राष्ट्र बैंकले गर्यो सम्मान

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १९:५०

काठमाडौं । सबैभन्दा बढी रेमिटेन्स भित्र्याउनेमा आइएमई लिमिटेड सम्मानित भएको...

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

राष्ट्रिय बीमा कम्पनीको सीईओमा शिवहरी श्रेष्ठ नियुक्त

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४९

काठमाडौं । राष्ट्रिय बीमा कम्पनी लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ)...

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

नेशनल लाईफको घान्द्रुक भ्रमण कार्यक्रम सम्पन्न

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:४२

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले कम्पनीमा कार्यरत अभिकर्ताहरुका लागि...

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

आइतबारदेखि हात्तीपाइले रोगविरुद्ध औषधि खुवाइने   

वि.सं.२०८१ वैशाख १४ शुक्रवार १४:३५

काठमाडौँ, १४ वैशाख : सरकारले यही वैशाख १६ गते (आइतबार)देखि...