back
NMB ad

पुननिर्माणका लागि २६ सय प्राविधिक माग, अनलाईन आवेदन दिन सकिने

Kumari bank ad

काठमाण्डौं । भूकम्पका कारण क्षति भएका घर पुनर्निर्माणमा सहयोग पुर्‍याउन सरकारले इन्जिनियर सहित झण्डै २६ सय जना प्राविधिक जनशक्ति माग गरेको छ।

शहरी विकास तथा भवन निर्माण बिभागले शुक्रबार सूचना प्रकाशित गरी आवास, वस्ती विकास, सार्वजनिक भवन तथा सहरी पूर्वाधार पुनर्निर्माणका लागि केन्द्र र जिल्ला स्तरमा काम गर्ने इन्जिनियर, सब इन्जिनियर र असिस्टेन्ट सब इन्‍जिनियर गरी २५ सय ७१ जना माग गरेको हो। जसमध्ये १३ सय ४६ जना इन्जिनियर, ६ सय ५० जना सब इन्जिनियर र ५ सय ७५ जना असिस्टेन्ट सब इन्जिनियर माग गरिएको छ।

यी इन्जिनियरहरुले सरकारी अनुदान लिएर बनाइने निजी भवनको प्राविधिक जाँच र प्रमाणीकरणको काम गर्ने बिभागले जनाएको छ।

इच्छुक इन्जिनियरले १५ दिनभित्र शहरी विकास तथा भवन निर्माण बिभागको वेवसाइटबाट अनलाइन आवेदन गर्न सक्नेछन्। इन्जिनियरका लागि सिभिल इन्जिनियरिङ वा आर्किटेक्चरमा कम्तीमा स्नातक तह उतीर्ण गरी नेपाल इन्जिनियरिङ परिषदमा दर्ता भएको हुनुपर्नेछ। त्यस्तै सब इन्जिनियरका लागि सिभिल इन्जिनियरिक वा आर्किटेक्चरमा डिप्लोमा वा प्रमाणपत्र उतीर्ण हुनुपर्नेछ। असिस्टेन्ट सब इन्जिनियरका लागि प्राविधिक शिक्षालयबाट टिप एसएलसी कोर्स उतीर्ण गरेको हुनुपर्नेछ। छनोठ हुन इन्जिनियरले अन्तर्वार्ता मात्र दिए पुग्नेछ।

५ चैत २०७२, १०.००

वि.सं.२०७२ चैत ५ शुक्रवार ११:०२ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...