ह्‍यारी अझै ६ दिन नेपालमा रहने

काठमाडौं । पाँच दिने नेपाल भ्रमणमा आएका बेलायती राजकुमार ह्यारी थप ६ दिन नेपालमै बस्ने भएका छन् ।

उनको नेपाल बसाइ थपिएको जानकारी बेलायतस्थित केन्सिङ्टन प्यालेसले बुधबार ट्वीट गर्दै जानकारी दिएको हो ।

पश्चिम नेपालको लमजुङ र कास्कीको भ्रणमपछि बुधबार काठमाडौं आएका राजकुमार ह्यारी बिहीबार स्वदेश फर्कने कार्यक्रम थियो ।

भूकम्पबाट क्षतिग्रस्त भएका नेपालस्थित ग्रामीण तहका विद्यालको पुनर्निर्माणको अवस्थाबारे बुझ्न र त्यसमा योगदान दिन उनी नेपाल बस्ने समय थप भएको केन्सिङ्टन प्यालेसको ट्वीटमा भनिएको छ ।

प्रकाशितः २०७२ चैत्र ११

२०७२ चैत्र ११ गते १०:२९ मा प्रकाशित

You can share this post!

म मनमनै भन्थें भगवान तिमी कति पापी !

होस् गर्नुस्, वैशाखपछि तपाईको मोबाइल ब्लक हुन सक्छ !

Related posts