back
NMB ad

सर्वसाधारणका लागि आयो ९ लाख ७३ हजार ७३७ कित्ता सेयर

Kumari bank ad

काठमाण्डौं । ङादी ग्रुप पावर लिमिटेडले सर्वसाधारणका लागि नौं लाख ७३ हजार ७३७ कित्ता साधारण सेयर निस्कासन गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ अंकित दरका सेयरहरु चैत २१ गतेबाट निस्कासन गर्न लागेको हो ।

कम्पनीले निस्कासन गर्न लागेको कुल सेयरमध्ये १९४७४ कित्ता कर्मचारी र ४८ हजार ६८६ कित्ता सेयर सामूहिक लगानी कोष कम्पनीहरुलाई छुट्याएको छ । सर्वसाधारणले नौं लाख पाँच हजार ५७७ कित्ताका लागि मात्र आवेदन दिन पाउँछन् । इक्रा नेपालबाट ग्रेड ४ प्लस रेटिङ पाएको कम्पनीको सेयरका लागि न्युनतम ५० कित्ता र अधिकतम ५० हजार कित्तासम्म आवेदन दिन सकिन्छ ।

कम्पनीको सेयर निस्कासन तथा बिक्री प्रबन्धकमा एनआइबिएल क्यापिटल छ । कम्पनीको सेयरका लागि आवेदन फारमा एनआइबिएल क्यापिटलका साथै नेपाल इन्भेष्टमेन्ट बैंकको शाखा कार्यालयहरुमा पाइन्छ । यसका साथै, ङादीको अनामनगर कार्यालयका साथै भिवोर क्यापिटल, ग्रोमोर मर्चेन्ट बैंकर, गुहेश्वरी मर्चेन्ट, एपेक्स डेभलपमेन्ट बैक, सिनर्जी फाइनान्स, काठमाडौं फाइनान्स, साझा विकास बैंक र अरनिको विकास बैंकबाट पनि आवेदन फारम लिन सकिन्छ ।

१२ चैत २०७२, ९.००

वि.सं.२०७२ चैत १२ शुक्रवार ११:१० मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...