back
NMB ad

गाविस सचिवहरुद्वारा पुननिर्माणमा सहयोग नगर्ने घोषणा

Kumari bank ad

दोलखा । यहाँका गाविस सचिवले राष्ट्रिय पुनःनिर्माण प्राधिकरणले अघि बढाउने काममा सहयोग नगर्ने घोषणा गरेका छन्। जिल्लामा रहेको सचिवहरुको सङ्गठन, गाविस हकहित संरक्षण केन्द्र दोलखाले आज प्रमुख जिल्ला अधिकारी पुष्पराज शाही, पुनःनिर्माण प्राधिकरणका उपक्षेत्रीय प्रमुख हरिप्रसाद शर्मा, स्थानीय विकास अधिकारी विष्णुप्रसाद शर्मासमक्ष पाँचबुँदे ज्ञापनपत्र बुझाउँदै पुनःनिर्माणको काममा सहयोग नगर्ने बताएका हुन्।

ज्ञापनपत्रमा एक गाविसमा एक सचिव पदको व्यवस्था गरिनुपर्ने, गाविस सचिवलाई शतप्रतिशत प्रोत्साहन भत्ताको व्यवस्था गरिनुपर्ने, पुनःनिर्माणमा अन्य सहयोगी कर्मचारीको व्यवस्था हुनुपर्ने, सुरक्षाको प्रत्याभूति हुनुपर्ने र सरुवामा एकरुपता कायम गरिनुपर्ने माग राख्दै सरकारले सुरु गरेका पुनःनिर्माण अभियानमा सहयोग गर्न अनिच्छा देखाएका हुन्।

भिरकोट गाविसका सचिव प्रेमप्रकाश खत्रीले भने “हामी मेसिन होइनौं। हामीले कति काम गर्ने रु जनताका सानासाना कामदेखि भूकम्पपछि पीडितलाई राहत, अस्थायी आवास निर्माणलगायत विभिन्न पक्षका काममा हामीले सहयोग गरेका थियौँ। अब सहयोग गर्न सक्दैनौँ।ु सरकारले भूकम्पपीडित जिल्लाका गाविसमा गाविस सचिवको अभाव हुन नदिने भने पनि दोलखाका १३ गाविस सचिवविहीन रहेका छन्। केही दिन अगाडि १६ गाविसमा सचिव नभएकामा अहिले तीन गाविसमा काज सरुवा गरी सचिव पठाइएको जिल्ला विकास समिति दोलखाले बताएको छ।

यता, पुनःनिर्माण प्राधिकरणले काम थालेसँगै सरकारले भूकम्पपीडित परिवारलाई अनुदानका रुपमा दिने दुई लाख रुपैयाँको प्रथम किस्ता वापतको ५० हजार रुपैयाँ दिने सबै कार्य सकेर बैंकमा रकमसमेत पठाइसकेको बताएको छ। पुनःनिर्माण प्राधिकरण दोलखाका उपक्षेत्रीय प्रमुख हरिप्रसाद शर्माका अनुसार फागुन महिनाको ३० गतेदेखि सुरु गरिएको आवास पुनःनिर्माण अभियानअन्तर्गत अहिलेसम्म लामिडाँडा र लादुक गाविसका ५१९ घर परिवारलाई अनुदान रकमका लागि सम्झौता गरिसकिएको छ। गाविस सचिवले काम गर्न नमानेपछि आगामी केही दिनका लागि पुनःनिर्माण प्राधिकरणको काम स्थगन गरिएको छ।

१४ चैत, २०७२, २.३०

वि.सं.२०७२ चैत १४ आइतवार १५:२६ मा प्रकाशित

You can share this post!

सांसद डा शर्माद्वारा बाल अस्पताललाई  २० लाख रुपैंया सहयोग   

सांसद डा शर्माद्वारा बाल अस्पताललाई २० लाख रुपैंया सहयोग   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:३४

काठमाडौँ, ६ वैशाखः प्रतिनिधिसभा सदस्य तथा व्यवसायी डा सुनील शर्माले...

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

लगानी कोष र सिउरी न्यादीबीच शेयर प्रत्याभूतिसम्बन्धी सम्झौता   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२८

काठमाडौँ, ६ वैशाख : नागरिक लगानी कोष र सिउरी न्यादी...

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

नेप्सेमा दुई इन्स्योरेन्स कम्पनीको बोनस सेयरमा मूल्य समायोजन

वि.सं.२०८१ वैशाख ६ बिहीवार १६:२३

काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले बिहीबार दुई कम्पनीको मूल्य...

पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट कैलाश मानसरोवर दर्शन   

पर्यटनमा नयाँ गन्तव्यः पर्वतीय उडानबाट कैलाश मानसरोवर दर्शन   

वि.सं.२०८१ वैशाख ६ बिहीवार १५:२८

कमलकुमार बस्नेत काठमाडौँ, ६ वैशाखः दिनको पहिलो प्रहर सुरु भइसकेको...

यी कम्पनीको सेयर मूल्य बढ्यो, कुनको कति ?

यी कम्पनीको सेयर मूल्य बढ्यो, कुनको कति ?

वि.सं.२०८१ वैशाख ६ बिहीवार १५:२३

काठमाडौं । साताको अन्तिम कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

सेयर बजारमा दोहोरो अंकले गिरावट आउँदा यी कम्पनीले सर्वाधिक गुमाए

सेयर बजारमा दोहोरो अंकले गिरावट आउँदा यी कम्पनीले सर्वाधिक गुमाए

वि.सं.२०८१ वैशाख ६ बिहीवार १५:१२

काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...