back
NMB ad

५ सय भारुका लागि नदीमा हामफाल्न पुगे देवेश

Kumari bank ad

काठमाण्डौं । काम नपाएर छटपटिएका नेपाली नागरिक देवेश खनाल एक साथीले ५ सय भारु दिन्छु भनेकै भरमा अहमदावादको सवरमती नदीमा हाम फालेका थिए ।

पैसा कमाएर घर पठाउन नसकेपछि डिप्रेसनको सिकार बनेका ४१ बर्षीय खनालले सवरमती नदी पौडी खेलेर तर्ने बाजी साथी सागर थापासँग लगाए । त्यसका लागि उनले ५ सय भारु पाउने सर्त थियो ।

तर, उनी नदीको करिव बीचमा पुगेपछि अल्तालिन थाले । उनले पौडी खेल्न सकेनन् र पानीले बगाउन थाल्यो । फायर व्रिगेडको टोलीले उनको उद्दार गरेको थियो । फायर व्रिगेडले उनको उद्धार गरेपछि अहमदावाद प्रहरीको जिल्ला लगायो । प्रहरीसँगको बयानमा उनले भनेका छन्–‘म यस शहरमा होटलको किचनमा काम गरिरहेको थिए । त्यसबाट दैनिक ४०० जति आम्दानी हुन्थ्यो ।’

उनले त्यहाँ किचन सुपरभाइजर, म्यानेजर लगायतको तहमा रहेर काम पनि गरेका थिए ।

उनले भने,’ तर मलाई अहिले पैसाको निक्कै जरुरी थियो । साथी सागरले ५०० दिन्छु भनेपछि नदीमा हामफालेँ ।’

पछिल्लो एक सातादेखि खनाललाई पैसाको निक्कै अभाव भएको थियो । यहाँसम्मकी उनीसँग खानाका लागि समेत पैसा थिएन । उनले धर्मशालामा खाएर जीवन निर्वाह गर्दै आएका थिए । प्रहरीसँग उनले भनेका छन कि ‘मेरो छोरा बिज्ञान विषय लिएर पढ्दैछ, उसको शिक्षाको लागि पनि मलाई पैसाको जरुरी छ । त्यसैले सवरमती पौडेर तर्ने बाजी स्वीकार गरेको थिएँ, तर नदीको बीचमा पुगेपछि सक्दिन जस्तो लाग्यो ।’

नदीबाट उद्धार गर्दा नगर्दै बाजी राख्ने उनका साथी सागर थापा भने त्यहाँबाट फरार भइसकेका थिए ।

वि.सं.२०७२ चैत १५ सोमवार १६:५१ मा प्रकाशित

You can share this post!

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...