मलेसियामा कार दुर्घटनामा २ नेपालीको मृत्यु, ३ घाइते

काठमाण्डौं ।  मलेसियामा कार दुर्घटनामा परी दुई जना नेपाली युवाको मृत्यु भएको छ । काजाङको मेट्रो काजाङु क्षेत्रको एक सडक खण्डमा मंगलबार राती भएको दुर्घटनामा परि गोरखा बुङकोटका अन्दाजी ३४ वर्षीय रामशरण थापा र सलकपुर, मोरङ घर भई काजाङ क्षेत्रमै कार्यरत २४ वर्षीय लोकमान कार्कीको मृत्यु भएको छ ।

उनीहरु काजाङमै व्यवसायमा संलग्न थिए । मंगलबार मध्यराती ५ जना नेपाली सवार  कार दुर्घटनामा परेको हो । घटनाबारे प्रहरीमार्फत बुधबार बिहान मात्रै खबर थाहा पाइएको मलेसियामा बस्ने किरणले बताए ।

घटनामा अन्य तीन जना नेपाली घाइते भएका छन् । उनका अनुसार दुईजनाको अवस्था गम्भिर रहेको र उनीहरुको काजाङस्थित अस्पतालमा उपचार भइरहेको छ । उनीहरुबारे विस्तृत जानकारी पाउन सकीएको छैन ।

घटना कसरी भयो भन्नेबारे अनुसन्धान भइरहेको बताइएको छ ।

प्रकाशितः २०७२ चैत्र १८ 

२०७२ चैत्र १८ गते १६:४६ मा प्रकाशित

You can share this post!

१९औं पुष्प व्यापार मेला सुरु !

नचाहिने नबोल्न नेपालले दियो भारत र युरोपियन युनियनलाई चेतावनी !

Related posts