back
NMB ad

सरकारमा आउन चाहे सिधै केपी ओलीसँग भन्नुस, छड्के आँखा लाउने बेला हैन : भट्टराई

Kumari bank ad

काठमाडौँ । नेकपा (एमाले)का सचिव योगेश भट्टराईले आगामी दुई वर्षभित्र हुने आम निर्वाचनको समयसम्म प्रमुख राजनीतिक दल एक ठाउँमा उभिनुपर्ने बताएका छन् ।

प्रेस चौतारी नेपाल, रासस शाखाको दोस्रो अधिवेशन तथा पुरस्कार वितरण कार्यक्रममा सचिव भट्टराईले भने, “जसरी संविधान निर्माणमा दलबीच सहमति भएको थियो, त्यसैगरी संविधानको कार्यान्वयनका लागि पनि ती दलको सहकार्य आवश्यक छ ।”

संसद्को ठूलो दल नेपाली काँग्रेसलाई सरकारमा आउनुपर्ने भए स्पष्ट अगाडि कुरा गर्न आग्रह गर्दै उनले वर्तमान सरकारको नेतृत्वमा आएर निर्वाचनमा जान आह्वान गर्दै उनले भने, “संविधान घोषणा भएको भोलिपल्ट संविधान च्यात्ने अनि फेरि सरकारमा जाने प्रकारको राजनीतिक स्वार्थको लडाइँका नाममा मुलुकलाई बन्धक वा अधोगतिमा पार्न सकिँदैन । लामो समय सरकारको नेतृत्व गरेको काँग्रेस केही समय प्रतिपक्षमा बस्दा पनि फरक चाँही पर्दैन ।”

उनले काँग्रेस सभापति शेरबहादुर देउवालाई लक्षित गर्दै सरकार के गर्ने भन्नेबारेमा छड्के आँखा लगाएर अन्य साना दलसँग कुरा गर्नतिरभन्दा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सिधै वार्ता गर्न पनि आग्रह गरे ।

भट्टराईले निर्वाचनपछि भने दुई ठूला दल सँगै सरकारमा रहिरहन आवश्यक नभएको पनि स्पष्ट पारे ।

‘संस्थानमा नियुक्तिको जिम्मा लोकसेवालाई’

सो अवसरमा बोल्दै भट्टराईले सरकारी संस्थानका व्यवस्थापकको नियुक्तिको जिम्मा पनि लोकसेवा आयोगलाई दिनुपर्ने भन्दै सरकार परिवर्तनसँगै राजनीतिक नेतृत्व आउने जाने र संस्थाको विश्वसनीयतामा प्रश्न उठ्ने भएकाले लोकसेवा आयोगले संस्थानका अध्यक्ष वा महाप्रबन्धक नियुक्तिको जिम्मा लिँदा उपर्युक्त हुने बताए ।

सरकारी सञ्चारमाध्यममा विगतदेखि नै निश्चित पार्टीको प्रभाव देखिएको गुनासो आएको भन्दै उनले परिपाटी कस्तो बसाल्ने भन्नेबारेमा छलफल गर्नुपर्ने उल्लेख गरे । एमालेका केन्द्रीय प्रचार विभागका प्रमुखसमेत रहेका भट्टराईले सरकारी स्वामित्वका सञ्चारमाध्यमलाई कसरी सञ्चालन गर्ने भन्नेबारेमा पछिल्ला समयमा बहस हुँदै आएको सन्दर्भमा यी संस्थालाई स्वायत्तता र सुदृढीकरणका लागि एमाले उदार रहेको बताए ।

भट्टराईले भने, “लोकतान्त्रिक अध्यास भएको अमेरिकामा राष्ट्रपतिको नयाँ निर्वाचनपछि अघिल्ला सरकारका नियुक्ति परिवर्तन हुने दृष्टान्त छ । नेपालमा कस्तो अभ्यास अवलम्बन गर्ने भन्ने सम्बन्धमा राजनीतिक सहमतिका आधारमा निचोडमा पुग्नु आवश्यक छ ।”

व्यावसायिक पत्रकारिताको वकालत गर्ने तर व्यवहारमा राजनीतिक उद्देश्य पूर्तिमा लाग्ने प्रवृत्तिको आलोचना गर्र्दै आफ्नो पार्टी प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता र श्रमजीवी पत्रकारको हकहितमा प्रतिबद्ध भएको बताए । उनले अबको समयम%

वि.सं.२०७२ चैत १८ बिहीवार २२:०६ मा प्रकाशित

You can share this post!

वर्षान्त २०८०ः पर्यटनमा उपलब्धिको वर्ष   

वर्षान्त २०८०ः पर्यटनमा उपलब्धिको वर्ष   

वि.सं.२०८१ वैशाख ४ मंगलवार १२:२५

सिबी अधिकारी काठमाडौँ, ४ वैशाखः कोरोना महामारीका कारण थलिएको नेपालको...

एक कम्पनीको नगद लाभांश खातामा जम्मा, तपाईकोमा आयो त ?

एक कम्पनीको नगद लाभांश खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:५७

काठमाडौं । नेसनल लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीहरुलाई नगद लाभांश...

पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै   

पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव कायमै   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:५१

काठमाडौँ, ४ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा

नेपाल पुनर्बीमा कम्पनीको लाभांश घोषणा

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:३९

काठमाडौं । नेपाल पुनर्बीमा कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ...

हालसम्मकै उच्च विन्दुमा सुनको भाउ, प्रतितोला कति पुग्यो ?

हालसम्मकै उच्च विन्दुमा सुनको भाउ, प्रतितोला कति पुग्यो ?

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:३३

काठमाडौं । साताको तेस्रो कारोबार दिन सुनको भाउमा बढोत्तरी आएको...

आज चैतेदसैँ, बिहानैदेखि बागलुङ कालिकामा भक्तजनको घुइँचो   

आज चैतेदसैँ, बिहानैदेखि बागलुङ कालिकामा भक्तजनको घुइँचो   

वि.सं.२०८१ वैशाख ४ मंगलवार ११:२६

ढोरपाटन (बागलुङ), ४ वैशाख : आज चैतेदसैँ । बिहानदेखि नै...