back
NMB ad

बुढीगण्डकी आयोजनालाई जग्गा अधिग्रहण शुरु

Kumari bank ad

काठमाडौ । राष्ट्रिय गौरवको आयोजना बुढी गण्डकी जलविद्युत आयोजना निर्माणका लागि सरकारले प्रक्रिया थालेको छ । जलाशययुक्त जलविद्युत परियोजना निर्माणका लागि धादिङको जग्गा अधिग्रहणका लागि सूचना प्रकाशित गरेको छ ।

बुढी गण्डकी जलविद्युत आयोजना विकास समितिले पहिलो पटक धादिङका ३७ सय २३ कित्ता जग्गा अधिग्रहणका लागि सूचना जारी गरेको हो ।

जग्गाको मुआब्जा लिनका लागि जग्गाधनी प्रमाणपत्र, तिरो तिरेको रसिद, नागरिकताको प्रतिलिपीसहित सूचना प्रकासित भएको ३० दिनभित्रै जिल्ला प्रशासन कार्यालय धादिङ वा आयोजनाले तोकेको कार्यालयमा निवेदन दिनुपर्ने समितिद्वारा शनिबार प्रकासित सूचनामा उल्लेख छ ।

१२ सय मेगावाटको बुढीगण्डकी जलासययुक्त आयोजनाको अहिलेसम्म विस्तृत परियोजना प्रतिवेदन र वातावरणीय प्रभाव मुल्याङ्कनको काम सकिएको छ । सुरु भएको आठ बर्षमा पुरा हुने आयोजना लिर्माणका लागि करिब २ अर्ब ९० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ। यसबाट गोरखाका १४ र धादिङका १३ गाविसका ३ हजार ५ सय ६० घर पूर्ण रुपमा विस्थापित हुनेछन् भने ४ हजार ५ सय ५७ घर आर्थिक रुपमा विस्तापित हुनेछन् ।

आयोजना निर्माण हुँदा धादिङ र गोरखाको सिमानामा ४८ वर्ग किलो मिटर ताल बन्ने छ  । जुन पोखराको फेवा टक भन्दा १६ गुणा ठुलो हुने बताइएको छ  । आयोजना बहुद्देश्यीय बनाउने सर्कलने तयारी थालेको छ  ।  मनाशुलु पर्यटकीय पद मार्ग र एसियाकै ठुलो ताल निर्माण हुने हुँदा मध्ये नेपालको आर्थी सम्बृद्धिसंग पनि जोडेर हेर्ने गरिएको छ  ।

२० चैत २०७२

वि.सं.२०७२ चैत २० शनिवार ११:२९ मा प्रकाशित

You can share this post!

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...