back
NMB ad

एसियाकै धनी सिङले निधन भएका पिताको लुगासमेत बेचेर छाक टारे …

Kumari bank ad

के तपाईलाई थाहा छ एसियाका सबैभन्दा धनी व्यक्तिले कुनै बेला आफ्नो र परिवारको पेट भर्नका लागि आफ्नो निधन भएका पिताको लुगा बेचेका थिए ? आफ्नो साथीहरुले खेल खेलिरहेका बेला परिवारलाई पाल्नका लागि १६ घण्टा घडीको प्लास्टिकको चेन बनाउन खटिने १४ वर्षे केटा आज एसियाकै धनी व्यक्तिको रुपमा दरिएका छन् । चीनमा जन्मिएर हङकङलाई कर्मथलो बनाएका उनी ली का सिङको संघर्षको कथा, कसरी भए एसियाकै सबैभन्दा धनी अनि संसारकै २०औं धनी ?

ली का सिङ जसलाई सर का–सिङ लि भनेर पनि चिनिन्छि, उनी एसियाकै एक प्रभावशाली व्यक्तित्व हुन् भने हङकङका धनीहरुमध्ये १ नम्बरमा आउने व्यक्ति हुन् । फोब्र्स म्यागजिनले उनलाई २०१६ को विश्वकै धनीहरुमा २०औं नम्बरमा राखेकोछ, २०१५ मा उनी एसियाकै सर्वाधिक धनी व्यक्ति थिए भने सोही समयदेखि उनी हङकङका अत्यधिक धनीहरुमा सबैभन्दा अगाडि रहँदै आएका छन् । उनीसँग हाल ३१ दशमलव १ अर्ब सम्पत्ति रहेको फोब्र्सले जनाएकोछ । यति मात्रै हैन ली विश्वकै प्रभावशाली व्यक्तिहरुमा ३१ नम्बरमा पर्छन् ।

उनको यो सम्पत्ति र उनको प्रभाव देख्दा कसैले पनि सोच्न सक्दैन कि उनले कुनै बेला आफ्नो परिवारका लागि विद्यालयको शिक्षा छोड्नु परेको थियो । बिहान बेलुकाको गाँस जुटाउनका लागि उनले स्कुल छाडेका थिए । उनको बुवा क्षयरोग लागेर बितेपछि उनले परिवारलाई पाल्नका लागि सडक सडकमा घडीहरु बेच्ने काम गरेका थिए ।

हला उनी हचिन्सन ह्वाम्पो नामक कम्पनीका मालिक छन् जहाँ २ लाख ९० हजार जना कर्मचारीहरु काम गर्ने गर्छन् । उनको कम्पनीको शाखा ५० भन्दा बढी देशहरुमा फैलिएकोछ ।

एउटा अन्तरवार्तामा उनले भनेका छन् कि सुरुमा उनीसँग पैसा थिएन, त्यसैले उनले विद्यालय शिक्षा पनि छाडे र ती सबै काम आफै गर्न थाले जसका लागि पैसा लाग्थ्यो । व्यापार व्यवसाय चलाउनका लागि के के गर्नुपर्छ भन्ने जान्नका लागि पनि उनले सबै कुरा आफै गर्ने गर्थै । उनले भनेका छन्, मैले एकदमै भुइँबाट आफ्नो कम्पनीलाई लिएर आएको हुँ यसका लागि कम्पनीको एकाउण्ट राख्ने देखि लिएर गाडीको गियर बनाउने काम पनि सबै मैले आफै गर्ने गरेको थिएँ ।

सन् १९२८ मा चीनमा जन्मिएका ली दोस्रो विश्व युद्धताका आफ्नो परिवारसँग भागेर हङकङ पुगेका थिए । उनका बुवा प्राथमिक विद्यालयका शिक्षक थिए । तर त्यहाँ पुगेको केही समयपछि नै उनको बुवाको मृत्य भयो । १२ वर्षको कलिलो उमेरमा नै उनले विद्यालय शिक्षा त्याग्नु प¥यो । त्यसपछि उनले घर व्यवहार चलाउनका लागि विभिन्न कामहरु गर्न थाले ।

१४ वर्षको उमेरमा उनी घडीका चेनहरु बेच्न यताउता भौतारिने गर्थे । १५ वर्षको उमेरमा नै उनले प्लास्टिक बनाउने कम्पनीमा दिनभर खटिएर काम गर्न थाले । त्यही काम गर्दै गएपछि उनले २२ वर्षको उमेरमा एउटा कम्पनी खोले, च्युङ कोङ । त्यो कम्पनीले प्लास्टिकका खेलौनाहरु बनाउने काम गथ्र्यो । उनको प्लास्टिकको खेलौना बनाउने कम्पनीको व्यापार दिनप्रतिदिन फस्टाउँदै गयो । उनी यसको श्रेय आफ्नो इमान्दारितालाई दिने गर्छन् ।

ली आफूले हुन्छ भनेपछि त्यो कहिले पनि तोड्दैनन्, उनको भनाई नै छ, जब म हुन्छ भन्छु त्यो नै मेरो लिखिट कन्ट्र्याक्ट हो । उनले ३० प्रतिशत नाफा हुने एउटा डीललाई अर्को ५ प्रतिशत मात्र नाफा हुने कम्पनीका लागि छोडेका थिए । यसले गर्दा पनि उनको इमान्दारिता नै उनको सफलताको श्रेय हो भन्ने बुझ्न गाह्रो हुँदैन ।

उनको प्लास्टिकको गुुडिया बनाउने कम्पनीले सन् १९७२ मा हङकङको सेयर बजारमा प्रवेश ग¥यो । त्यसपछि उनले कहिल्यै पछाडि फर्किएर हेर्नु परेन । उनले सन् १९७९ मा हचिन्सन ह्वाम्पो लिमिटेड खरिद गरे । यो कम्पनी लिएसँगै उनले व्यापारको क्षेत्र पनि फैलाउँदै गए, तेलदेखि टेलिकम्युनिकेशनसम्म, इलेक्ट्रिसिटीदेखि कन्टेनर ढुवानीसम्मका कामहरु उनको कम्पनीले गर्ने गर्छ । हाल यो कम्पनीले एक महिनाको कर मात्रै ५० करोड डलर तिर्ने गरेकोछ ।

सन् १९८७ मा उनले आफूलाई एउटा कामदार र मालिकबाट अर्बपति बनाइसकेका थिए । उनले धन कमाउन मात्र हैन त्यसलाई दान पनि उत्तिकै गर्ने गर्छन् । शिक्षाको क्षेत्रमा पैसा दिन मन पराउने उनले स्यानफोर्ड विश्वविद्यालय, अल्बर्टा विश्वविद्यालय, क्यालिफोर्निया विश्वविद्यालय लगायतमा कमाईको हिस्सा दिएका छन् ।

लीकी श्रीमतीको सन् १९९० मा नै निधन भइसकेको छ भने उनले त्यसपछि विवाह गरेका छैनन् । उनका दुई छोराहरु छन् । जेठो छोराले उनको व्यापार सम्हाल्दै आएका छन् भने कान्छा छोरा हङकङकै टेलिकम्युनिकेशन क्षेत्रमा कार्यरत छन्, दुबै छोरा क्यानडाका नागरिक हुन् ।

८५ वर्षे ली प्रत्येक दिन ९० मिनेट गल्फ खेल्ने गर्छन् भने बिहानको खाना खानुभन्दा पहिला अन्तर्राष्ट्रिय अखबारहरुका प्रत्येक समाचारहरु पढिसक्छन् । लीको कार्यालय ७० तला माथि रहेकोछ । जहाँ एउटा स्विमिङ पुल पनि रहेकोछ भने संसारकै सबैभन्दा छिटो चल्ने लिफ्ट पनि त्यही छ भन्दा फरक पर्दैन । भनिन्छ कि भुइँतलाबाट ७० तला माथिको उनको कार्यालय ४५ सेकेण्डमा नै पुग्न सकिन्छ ।

– इरादा पहाडी, एजेन्सीको सहयोगमा
२१ चैत २०७२, ६:००

वि.सं.२०७२ चैत २१ आइतवार २१:३४ मा प्रकाशित

You can share this post!

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

आज १३ बैशाख २०८१ बिहिवार, कस्तो छ तपाईको राशिफल ?

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...