back
NMB ad

५ लाख भारुमा भारत हुँदै लण्डनमा बेचिन्छन् नेपाली बालबालिका !

Kumari bank ad

काठमाण्डौं । गत वर्षको विनाशकारी भूकम्पबाट बाँचेका नेपाली बालबालिकालाई भारतीय तस्करहरुले सस्तोमा किनेर बेलायती धनाढ्य परिवारलाई बेच्ने र ती परिवारले बालबालिकाहरुलाई दासस बनाइरहेको समाचार बेलायती पत्रिका द सनले सार्वजनिक गरेको छ ।

दैनिक १७ लाख ४२ हजार बढि प्रति छापिने र लाखौं पाठक भएको अखवार b सनका अन्डरकभर रिपोर्टरले गोप्य रुपमा गरेको खोजअनुसार, मानव तस्करहरुले १० वर्ष भन्दा कम उमेरका कलिला बालबालिकालाई घर पालुवा वस्तुको भन्दा कम भाउमा जनही ५ हजार पाउण्डमा बेचेर उनीहरुलाई यहाँ दास बन्न वाध्य बनाइएको उल्लेख छ ।

तस्कर गिरोहले बेचिएका बालबालिकालाई भारतमै केही समय तालिमपछि घुस दिएर बनाइएको फर्जी कागजातमार्फत बेलायत पठाउने गरिरहेको समाचारमा उल्लेख छ ।

भारतीय मानव तस्कर मख्खन सिंहले बालबालिकालाई लाइनमा राखेर रोजी रोजी किन्न अफर गरिरहेका थिए । पत्रिकाले नेपाली सिमा नजिक अमृतसरस्थित गोल्डेन टेम्पलबाट ५० माइल टाढा रहेको जलान्धारबाट खोजी सुरु गरेको थियो ।

ती पत्रिकाका खोजकर्ता बेलायतमा बसोवास गर्ने धनाढ्य सिख परिवारको भएको, उसकी श्रीमति विरामी र आमा वृद्ध भएकाले उनीहरुले नोकर खोजीरहेको बहानामा प्रस्तुत भएका थिए । उनलाई मन्दिर नजिक एकान्त ठाउंमा बोलाइएको थियो जहाँ तस्कर सिंह मोटरबाइकमा आइपुगेका थिए ।

सुटुक्क श्रव्य दृश्य खिचिएको चाल नपाएका ती तस्करले गर्वका साथ धेरै बालबालिका बेलायत पठाएको बताएका थिए । पत्रिकाका संवाददाताले वालवालिका बेचविखन त अप्ठेरो काम होइन भन्दा सिंहले नेपाल भूकम्पले ध्वस्त भएकाले अधिकांश नेपाली यतै भएको र भारतमा पनि त्यस्ता केटाकेटी पर्याप्त भएको बताएका थिए ।

‘हामी गरिब परिवारकहाँ जान्छौं र कुराकानी गरेर डिल गर्छौं’, सिंहले भनेका थिए । उनले १२ वा १३ वर्षका बालबालिका लैजान पनि सुझाएको द सनले लेखेको छ ।

उनले नेपाल वा बिहार जहाँको लगे पनि हुने तर यो वापत ५ लाख भारतीय रुपैयाँ वा ५ हजार २५० पाउण्ड तिर्नुपर्ने भनेका थिए ।

सिंहले वृद्ध आमा र बिरामी श्रीमतीको रेखदेख गर्न र खाना पकाउन नेपाली लैजान सुझाव दिंदै अधिकांश इंग्ल्याण्ड लगिएका बालबालिका नेपाली भएको समेत बताएका थिए ।

बेलायती गृहमन्त्री टेरेजा मेले अखवारको उक्त सनसनीपूर्ण समाचारबारे छानबिन गर्न नेशनल क्राइम एजेन्सीलाई आग्रह गरेकी छिन् । ‘बालबालिका बेचवखन एउटा घृणित अपराध हो, कुनै पनि बालबालिकालाई दास बनाइनु हुन्न’, गृहमन्त्री मेले सन् पत्रिकासंग भनेकी छिन् ।

२२ चैत २०७२, ११।००

वि.सं.२०७२ चैत २२ सोमवार ११:४८ मा प्रकाशित

You can share this post!

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

हिमालयन हाइड्रो एक्स्पोको तयारी पुरा, प्रतिकुल परिस्थितिमा पनि उत्साहजनक सहभागिता

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:५३

काठमाडौ । चौथो संंस्करणको हिमालयन हाइड्रो एक्स्पोको सबै तयारी पुरा...

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

माथिल्लो अरुणमा वित्तीय व्यवस्थापनका लागि सैद्धान्तिक सहमति जुट्यो   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १८:४३

काठमाडौँ, ७ वैशाखः सङ्खुवासभामा निर्माण प्रस्ताव गरिएको एक हजार ६३...

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

युएई एसिसी प्रिमियर कपको फाइनलमा, नेपाल छ विकेटले पराजित   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १५:२१

काठमाडौँ, ७ वैशाखः एसिसी मेन्स प्रिमियर कप टि-२० क्रिकेट प्रतियोगिताअन्तर्गत...

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

मौसम पूर्वानुमान चुस्त बनाउँदै विभाग, प्रणाली मर्मतका लागि विदेशी विज्ञको खोजी   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३७

प्रगति ढकाल काठमाडौँ, ७ वैशाख: जल तथा मौसम विज्ञान विभागअन्तर्गतको...

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक   

वि.सं.२०८१ वैशाख ७ शुक्रवार १४:३१

गोरखा, ७ वैशाख : उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ...