back
NMB ad

स्कुल बनाउन कृतिमाको ‘वान नाइट फर नेपाल’ अभियान

Kumari bank ad

टेक्सास । स्कुलमा खाजा खान दिएको रकम जम्मा गरेर भूकम्पपीडितलाई पठाएकी कृतिमा लामिछानेले अहिले नेपालका लागि एक रात (वान नाइट फर नेपाल) कार्यक्रमको आयोजनामा लागि परेकी छिन् ।

कक्षा १० मा ड्यालसमा अध्ययन गर्ने उनी आफ्नो मातृभूमि नेपालमा रहेका बलाबालिकाले अध्ययन गर्न नपाएको खबरले आफू मर्माहत भएको र केही रकम सहयोग गर्न पाए भन्ने सोच अनुरुप यस्तो काम गर्न लागेको बताएकी छिन् ।

स्कूल भवन निर्माणका लागि भनेर आफ्ना सहपाठी साथीहरुसँग केही रकम संकलन गरिसकेकी उनले यही योजना अन्तरगत आउँदो मे ७ मा ‘नेपालका लागि एक रात’ नामको कार्यक्रम गर्ने तयारीमा उनी जुटेकी छिन् । उनले कार्यक्रम मार्फत् रु १०/१५ लाख रुपैयाँ उठाउने योजना राखेकी छिन् ।

गत बैशाखमा पनि आफ्नो मातृभूमिमा गएको भुकम्पपछि खाजा कटाएर खुत्रुकेमा बचाएको रकम आफ्ना आमा बाबु मार्फत भूकम्प पिडितको सहयोगका लागि पठाएकी थिइन्  ।

सानै देखि सामाजिक काम गर्न उत्साहित कृतिमाको आमा बुवा नै समाज सेवामा दत्तचित्त छन् । कृतिमाका पिता कृष्ण लामिछाने नेपाली समाज टेक्सासका अध्यक्ष हुन् भने आमा माला महत (लामिछाने) टेक्सास क्षेत्रमै सकृय नेपाली महिलामा आउने नाम हो ।

२२ चैत २०७२, ११.००

वि.सं.२०७२ चैत २२ सोमवार १२:३६ मा प्रकाशित

You can share this post!

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

सर्वोत्तम सिमेन्टको साधारण सभा आज, लाभांश पारित हुने

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:४२

काठमाडौं । सर्वोत्तम सिमेन्ट लिमिटेडले वार्षिक साधारण सभा आज वैशाख...

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

चेम्बर सल्लाहकार परिषद् अध्यक्षमा श्रेष्ठ मनोनीत  

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:२७

काठमाडौँ : नेपाल चेम्बर अफ कमर्सको सल्लाहकार परिषद् अध्यक्षमा राजेशकाजी...

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

आज १२ बैशाख २०८१ बुधवार, कुन राशिको कस्तो छ ?

वि.सं.२०८१ वैशाख १२ बुधवार ०६:१२

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

निर्वाचनका कारण आजदेखि पूर्वी सीमानाका बन्द   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २१:०९

झापा, ११ वैशाख : झापा र इलाम जिल्लासँग जोडिएका काँकडभिट्टालगायतका...

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

सरकारले कानुनमा संशोधन गरेकामा महासङ्घद्वारा स्वागत   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:३१

काठमाडौँ, ११ वैशाख : आसन्न लगानी सम्मेलनलाई केन्द्रित गरी नेपाल...

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना   

वि.सं.२०८१ वैशाख ११ मंगलवार २०:२७

काठमाडौँ, ११ वैशाख : राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने...