back
NMB ad

दूषित पानीले जाजरकोटमा झाडापखाला फैलाउँदै

Kumari bank ad

जाजरकोट । जाजरकोटको दशेरा गाविसको वडा नं ३ स्थित जनप्रिय उच्च माविमा एसएलसी परीक्षा दिइरहेका ६१ जना विद्यार्थीको झाडापखालाको उपचार गरिएको छ ।

परीक्षा केन्द्रका केन्द्राध्यक्ष शेरबहादुर अधिकारीसहित चार जना शिक्षकलाई समेत झाडापखाला लागेपछि उपचारपछि स्वास्थ्य सुधार भएको अधिकारीले बताए । पखाला लागेका  ५९ जनाको उपचार गरिएको जाजरकोटका प्रहरी प्रमुख दानबहादुर मल्लले जानकारी दिए ।

दशेरा स्वास्थ्य चौकी इन्चार्ज नवीना कँडेलका अनुसार फोहर पानी खाएका कारण विद्यार्थीमा झाडापखाला सङ्क्रमण देखा परेको हो । जिल्लाको सबैभन्दा बढी विद्यार्थी दशेरा परीक्षा केन्द्रमा रहेको तर पानी नहुँदा जस्तो पायो त्यस्तै खाँदा यस्तो समस्या आएको कँडेलले बताइन् ।

गाउँमा पानीको धारा नभएका कारण खोलाको पानी एक घन्टा लगाएर ड्रममा बोकेर विद्यार्थीलाई खुआउँदा यस्तो चुनौती देखिएको हो ।

झाडापखालाका बिरामीको सङ्ख्या बढ्ने हो भने औषधि पनि अभाव हुने स्वास्थ्य संस्थाले बताएको छ ।

प्रकाशितः २०७२ चैत्र २३

वि.सं.२०७२ चैत २३ मंगलवार १०:३३ मा प्रकाशित

You can share this post!

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:४९

काठमाडौं । कुमारी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ७.५२ प्रतिशतले बढ्यो

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ७.५२ प्रतिशतले बढ्यो

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:३६

काठमाडौं । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय...

निफ्राले कमायो ९८ करोड ७३ लाख रुपैयाँ नाफा, अन्य कुन सुचक कस्ता ?

निफ्राले कमायो ९८ करोड ७३ लाख रुपैयाँ नाफा, अन्य कुन सुचक कस्ता ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:२६

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१४

काठमाडौँ, ७ वैशाख : हाल मुलकमा पश्चिमी वायु र स्थानीय...

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१०

काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:००

काठमाडौं । लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...