back
NMB ad

त्रिभुवन बिमानस्थल कमिशनले अस्त व्यस्त 

Kumari bank ad

काठमाडौँ । देशको एक मात्र अन्तर्राष्ट्रिय विमानस्थल कमिशन र माफिया खोरीको चंगुलमा चुर्लुम्म डुब्न पुगेको छ । विमानस्थल सुरक्षाका नाममा पर्यटन व्यवसायीलाई निरुत्साहित गराउँदै भाडाका सवारी संवेदशिल स्थानसम्म पु¥याउन तलदेखि माथिसम्म गज्जवको सेटिङ मिलेको देखिन्छ ।

दुई वर्ष अघिसम्म पर्यटक लिन जान र पु¥याउन जान पर्यटन व्यवसायी र पर्यटनसंग सम्बन्धित संस्थालाई सिफारिसको आधारमा पासको व्यवस्था गरिएको थियो । पछिल्लो दुई वर्ष यता पासको व्यवस्था हटाइए पछि विमानस्थल सुरक्षाका नाममा प्रहरी र विमानस्थल प्रशासनलाई मागिखाने भाँडो बन्न पुगेको हो ।

लामो समयदेखि विमानस्थलमा विभिन्न संघ संस्थाहरुलाई उनिहरुको सिफारिसको आधारमा दुईटासम्म पास दिइन्थ्यो टानका अध्यक्ष चन्द्र रिजालले भने, ‘पर्यटन क्षेत्रमा दर्ता भएर सदस्यता लिएका हान, टान, नाट्टा, नारा लगायत संस्थाहरुले गोल्डेन गेट पास लिने गरेका थिए ।’ दुई वर्ष यता यो व्यवस्था हटाइएसंगै व्यवसायीले हैरानी व्यहोर्नु परेको रिजालको भनाई छ ।

पर्यटन व्यवसायीलाई एकीकृत पासको व्यवस्थाको माग गर्दै आएको टान नयाँ कार्यसमितिले सरकारी व्यवास्ताका कारण व्यवसायी र पर्यटक दुवैलाई झण्झट हुने गरेको पटक पटक पर्यटन मन्त्रालय मार्फत सम्बन्धित निकायमा ध्यनाकर्षण गराउँदै आएको छ ।

पछिल्लो समय पासको व्यवस्था नहुँदा तल्ला तहका कर्मचारी र प्रहरीले व्यवसायीलाई निरुत्साहित गराएर फर्कन बाध्य बनाउने र आफ्नो मनोमानिमा आर्थिक चलखेल गरेर भाडाका ट्याक्सीको कमाउ धन्दामा सहायक बन्दै गएको पर्यटन व्यवसायीहरुको गुनासो छ । यसले पर्यटन व्यवसायीलाई मात्रै हैन नेपाल घुम्न आउने पर्यटकलाई समेत निरास बनाउने गरेको छ । आफ्ना विभिन्न सम्पर्क सुत्र र एजेन्टको माध्यमबाट भित्र्याएको पर्यटक लिन जाँदा रिङरोडबाटै फर्काउने गरेको गुनासो पर्यटन व्यवसायीको छ ।

chandra rijal
चन्द्रप्रसाद रिजाल/ अध्यक्ष- टान

प्लेन ल्यान्ड गर्ने समय मिलाएर गेष्ट लिन पुगेको गाडीलाई चेक जाँचको नाममा अलमल्याउने र निजी क्षेत्रका गाडीहरुलाई तल गेटबाट फिर्ता पठाईदिएको गुनासो टानमा दिनदिनै बढेको छ । ‘पर्यटन व्यवसायीहरुले सहज ढंगले एउटा पास बनाएर छिर्न पाउनु पर्छ,’ ‘व्यवसायीलाई सबै कर चुक्ता गरेर नविकरण गराई यस्तो सुविधा दिन माग गर्दै आएका हौं ।’

‘सरकार नेपालमा पर्यटक भित्रिएनन् भनेर गुनासो गर्छ कति दुःख गरेर पर्यटक ल्यायो सरकारकै कर्मचारीको रवैयाले पर्यटकले दुःख पाउँछ र निराश हुँदै फर्कन्छ’, नाट्टाका सचिव सुधिर उपाध्ययले भने । सम्पर्कको माध्यमबाट आएको पर्यटकलाई लिन गएको गाडी बिचैबाट फर्काएर भाडाको ट्याक्सीको चंगुलमा पु¥याउँदा कतिपय पर्यटक त आफुले सम्पर्क गरेको होटेल समेत नपुगि अन्यत्र पुगेको र पछि सम्बन्धित होटेलमा पुगेको पाइएको उपाध्ययले बताए ।

पहिला पनि हवाई प्रधिकरणका कर्मचारीलाई पैसा खुवाएर पिकप ड्रप गर्ने ठाउँ बाहिरसम्म जान दिने गरेको थियो । कमिशन र पहुँचको भरमा यस्तो काम हुँदै आएको थियो । कसैले छानबिन गर्ने व्यवस्था थिएन । हामीले यो विषयमा पहिल्यैदेखि मुद्दा उठाउँदै आएका हौं टानका अध्यक्ष रिजालले भने ‘हवाई प्रधिकरण मात्र होईन पर्यटन गतिबिधिहुने सबै ठाउँ र मन्त्रालयमा आवाज बुलन्द गर्दै आएका हौं तर यस विषयमा सुनुवाई नहुँदा समस्या जिउँका तिउँ रहेको छ,’ उनी भन्छन् ।

‘पर्यटन व्यवसायीहरुले सहज ढंगले एउटा पास बनाएर छिर्न पाउनु पर्छ’ रिजाल भन्छन् ‘व्यवसायीलाई सबै कर चुक्ता गरेर नविकरण गराई यस्तो सुविधा दिन माग गर्दै आएका हौं ।’ हामीले मन्त्रालयसँग विशेष पासको व्यवस्था गर्न कुरा उठाईरहेका छौँ । सरकारले गम्भिरता पुर्वक ध्यान दिइरहेको छैन । न हामीले भनेको जस्तो पास बनाउँछ न पुरानो पास नविकरण गर्छ । पर्यटकको हरियो नम्बर प्लेट भएका गाडीहरु सहज ढंगले आउने–जाने गरेको भए पनि बेला बेलामा निम्छरा व्यवसायी र पहुँच नभएकालाई फर्काइदिँदा समस्या आएको रिजाल बताउँछन् ।

प्लेन ल्यान्ड गर्ने समय मिलाएर गेष्ट लिन पुगेको गाडीलाई चेक जाँचको नाममा अलमल्याउने र निजी क्षेत्रका गाडीहरुलाई तल गेटबाट फिर्ता पठाईदिएको गुनासो टानमा दिनदिनै बढेको रिजाल बताउँछन् ।

पछिल्लो समय हवाइ प्राधिकरणले एयरपोर्ट ट्याक्सी भनेर संवेनशिल भनिएकै ठाउँमा ठेक्कामा भित्रै काउण्टर राखिएको छ । त्यो ट्याक्सी काउन्टरलाई भित्रसम्म जाने वातावरण दिन हुँदैनथ्यो रिजालले भने ।

आफ्नो पाहुना लिन गएको गाडी फर्किँदा रित्तै फर्किएका धेरै छन् । यस्तो अवस्थामा गलत नियत भएका ट्याक्सी ड्राईभरहरुले विभिन्न कारण देखाउँदै त्यो होटल बन्द भईसक्यो भन्दिएर झुक्याउने गरेका उदाहरण छन् ।

यो समस्या अहिलेको मात्र हैन निरन्तर छ पास बनाउने नाममा पनि कमिसन खाएर पास बनाउँथे । टानबाट पनि यस अघि कमिशन खुवाएको प्रमाण फेला प¥यो त्यो अहिले बेरुजु निस्किएको छ, रिजालले भने पास बनाउ कमिसन दिएको पैसाको बिल भर्पाई हुँदैन । यसरी एक मात्र अन्तराष्ट्रिय बिमानस्थल कमिसनदेखि तस्करसम्म भएर अस्त व्यस्त भयो । जसको कारण विदेशी पर्यटकको लगेज लिने ठाउँमा लगेज हराउने गरेको हो । रिजाल भन्छन् सुरक्षाको नाम दिने तर व्यवसायिलाई दुःख दिने र कमिसन खाने र आफ्नो स्वार्थमा काम गर्ने कुनै सिस्टम नभकोले यस्तो भएको हो ।

‘पर्यटन व्यवसायीले पर्यटक भित्र्याएर राज्यलाई समेत समृद्ध बनाउने हो भने सहज ढंगले पर्यटन व्यवसायीले पास पाउनु प¥यो, नपाउने हो भने हरियो प्लेट चाहीँ सहज ढंगले अन्तराष्ट्रिय विमानस्थलमा आफ्ना गेष्टलाई पिकअप गर्न जान पाउनु प¥यो । रिजाल भन्छन् कि त नियम कानुन बनाउनु प¥यो नत्र कसैको मुखको भरमा तुरुन्तको तुरुन्तै निर्णय गर्नु भएन ।’

हरियो प्लेटको गााडीमा नेपाली चढाउँदा बाटैमा ओरालिन्छ

हरियो प्लेटको गाडीमा नेपाली चढाउन पाइन्छ । पर्यटन ऐनमा नेपाली पर्यटकलाई पनि पर्यटक भनेको छ । तर यहाँ सेतो छाला भएका र कालो छाला भएका अफ्रिकन मात्र पर्यटक मान्ने गर्छ प्रहरी प्रशासन । सडकमा विदेशीलाई लिएर गयो भने छोडिदिने नेपाली देखे गाडी खाली गरेर पठाईदिने काम सडकमै प्रहरीले गर्ने गरेका थिए । यो पुलिसले कमिसन खाने बाटो मात्र भएको व्यवसायीहरुको आरोप छ ।

विमानस्थलदेखि सडकसम्म सिन्डिकेटमा राज्यले नै सघाउँदै आएको देखिन्छ । ट्याक्सिसंग पैसा लिएर भित्र काउन्टर राखिएको छ । पर्यटक आउने वित्तिकै बाटो छेकेर ट्याक्सीतिर तानेको दृश्य हेर्न लाएकको हुन्छ । पुलिस त्यो सबै काममा मौन सघाइरहेको हुन्छ ।

गाइड हुँ भन्दै पर्यटकलाई विमानस्थल भित्रै मोल मोलाई गर्ने र डाइभर्ट गर्ने काम विचित्रको छ । उनीहरु कमिसन लिएर जवर्जस्ती जान नपर्ने ठाउँमा पु¥याइदन्छन् । यस्तै गर्नका लागि हरियो प्लेटको गाडी तल रोकिएको हो नाट्टाका सचिव उपाध्ययले भने ।

उपाध्ययाय भन्छन ‘पर्यटन ऐनले इलाम र धनकुटाको एउटा नेपाली पश्चिमको सिरुबारी, लमजुङको घलेगाउँ, पोखरा घुम्न जान्छ भने त्यस्लाई आन्तरीक पर्यटक भनेर मानेको छ । तर त्यही आन्तरिक पर्यटकलाई हरियो प्लेटको गाडीले हाम्रो देश भित्रै घुमाउँदा ट्राफिकले नेपाली बोकेर हिड्न पाईँदैन भनेर पुर्जि काटेको छ । त्यसको प्रमाण हामीसँग नाट्टामा छ । पिडित व्यवसायीले उजुरी लेखेर दिएका छन् ।’

विमानस्थलको सुरक्षा प्रमुख प्रकाश ढकाल छोटो प्रतिक्रिया दिँदै भने पर्यटक बोक्ने हरियो प्लेटलाई हामीले रोकेका छैनौं, प्रहरीले रोकेको होला हामीलाई यस विषयमा कैसे भनेका पनि छैनन् र जानकारी भएन ।

यस विषयमा विमानस्थल प्रहरीको सञ्चारमा सम्पर्क गर्दा भए प्रहरी जवानले भने सामान्य सोधपुछ गर्दा फर्किएर गएका हुन् । सिधै पठाए खुसी हुने सोधखोज गर्नु त प्रहरीको दायित्व नै हो नि उनले भने पर्यटक बोक्ने गााडी सुरक्षा चेकजाँच पछि तोकिएको स्थानमा बस्न पाउँछन् ।

२३ चैत २०७२/ ८:००

वि.सं.२०७२ चैत २३ मंगलवार २१:२४ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...