back
NMB ad

किन हुन्छ सफल मान्छेका पछाडी दर्दनाक कथा ?

Kumari bank ad

फोब्र्स म्यागजिनले उनलाई डिसेम्बर २०१५ को अफ्रिकी संस्करणमा कभरमा नै राख्दै भन्यो ‘उनले १ डलरलाई ५ सय करोड डलरमा बदले’, उनी हुन् डाक्टर कसमास मादुका । कस्चारिस मोटर्सका मालिक एवं नाइजेरियामा बिएमडब्लुको एक मात्र बिक्रेता उनी अहिले धनीहरुको सूचिमा पर्न सफल छन् । तर उनी धनी जन्मिएका थिएनन्, आफ्नो मेहेनत र लगनले उनी यो स्थानमा आइपुगेका हुन् ।

उत्तरी नाइजेरियामा सन् १९५८ डिसेम्बर २४ मा उनको जन्म भएको थियो । जब उनी मात्र ४ वर्षका थिए, उनले आफ्ना पिता गुमाए । त्यसपछि परिवारको अन्य कुनै आम्दानी नभएकाले उनी र उनका दाइ आमाले बनाएको बोडीको केक बेच्न सडक सडक भौतारिने गर्थे । जीवन अझै कठिन बन्दै गएपछि उनकी आमाले उनलाई मामाघर पठाइन् । उनी मात्र ७ वर्षको हुँदा उनलाई विद्यालयबाट निकालियो र मामासँग लागोसमा गाडी बनाउने ठाउँमा सहयोगीका रुपमा पठाइए ।

उनलाई देखेर त्यतिबेला मानिसहरु हाँस्ने गर्थे, यति सानो फुच्चेले के सिक्छ र ल्याएको भनेर प्रश्नहरु गर्ने गर्थे । उनका मामा साथीसँग बसेका थिए, जसले गर्दा उनलाई कोठामा लैजादैन थिए । त्यति मात्र हैन, कसमासलाई उनका मामाले त्यही गाडी बनाउने स्टोरमा बाहिरबाट चाबी लगाएर भित्रै थुनेर जाने गर्थे ।

९ वर्षको उमेरमा नै उनले धेरै कुरा सिकिसकेका थिए, जसले गर्दा उनी मामाको पसलका लागि चाहिने गाडीका पाटपूर्जाहरु किन्न लागोसबाट न्विगीसम्म एक्लै जान्थे । १४ वर्षको उमेरमा उनी एक्लैले सोकोटा एवं न्विगीमा भएको पसलहरुमा एक्लै काम गर्न थाले ।

एक दिन उनी चर्चको क्याम्पमा गएका बेला उनका मालिक तथा मामा त्यो पसल हेर्न आए । त्यहाँ उनलाई नदेखेपछि उनका दाइ र उनलाई २ सय रुपैयाँ दिँदै कामबाट निकाले । त्यो घटनाबाट दुःखी भएका उनले मालिकको आँखामा हेर्दै भने, तपाई हेर्दै जानुस् अबको ५ वर्षमा यो २ सय रुपैयाँबाट म के गर्छु ।

त्यसपछि उनले आफ्नो दाइसँग मिलेर मादुका ब्रदर्स नामको पाटपुर्जा बेच्ने कम्पनी खोले । तर पछि विचार नमिलेपछि उनीहरुले त्यो काम गरेनन् । त्यतिबेला उनीसँग नाइजेरियन ३ सय रुपैयाँ मात्र थियो ।

त्यो पैसालाई लिएर केही गर्ने सोच बनाएका मादुकाले बोउलोस इन्टरप्राइजेज नामक कम्पनीबाट मोटरसाइकलका पाटपुर्जा किने । यसरी किनेको पाटपुर्जाबाट उनले बोउलोसको नाम हटाए । यसो गर्नुको पछाडि उनको धारणा उनीसँग पाटपुर्जा किन्नेले नाम थाहा नपाउन् भन्ने थियो । उनले भोलिपल्टै त्यो सबै सामान बेचे र रात्री बस चढेर फेरि लागोस् पुृगे र थप सामान किन्न थाले । यसरी हप्तामा तीन पटक उनले त्यस्तो व्यापारको सुरुवात गरे । त्यो हप्ता नै उनको पुँजी ३ सयबाट बढेर ३ हजार पुग्यो ।

उनले यो क्रमलाई जारी नै राखे । १९ वर्षको उमेरमा उनले विवाह गरे । उनले पसल खोलेर सामान बिक्री गर्ने काम गरिरहेका थिए । तर उनको जीवनमा सधैं सफलता मात्र आएन, एउटा गलत व्यापारिक सम्झौताले उनलाई नराम्रोसँग पछा¥यो । त्यतिबेला उनको पसल मात्र बन्द भएन, उनलाई आफ्नो जग्गाधनीसँग पनि धेरै समयसम्म ऋणमा डुबायो ।

तर उनले परिस्थितिसँग सम्झौता गरेनन् न त लाज मानेर पछाडि नै बसे । उनले विवाहमा उपहार स्वरुप पाएको स्केल लिएर जान्थे, त्यसलाई मानिसहरुले प्रयोग गरे वापत दश पैसा लिने गर्थे । उनकी श्रीमतीले आफ्नो श्रीमान्ले हरेक दिन के गर्छ भन्ने थाहापाएपछि अत्यन्त चित्त दुखाइन् र परिवारलाई साथ दिनका लागि जागिर खोज्न थालिन् ।

यही क्रममा नै मादुकाले केही पैसा जम्मा गरिसकेका थिए र त्यो पैसालाई उनले अन्य काममा लगाए । कोस्चारिस त उनले धेरैपछि खोले जब उनीसँग यो कम्पनी खोल्नका लागि पैसा जम्मा भयो । उनले आफ्नो साथीसँग मिलेर कोस्डेभ भन्ने कम्पनी खोलेका थिए तर उनको साथी उनीसँग छुट्टिपछि यो कम्पनीको नाम उनले कोस्चारिस राखे ।

सन् १९८२ मा नाइजेरियन सरकारले दश मोटर कम्पनीहरुलाई बाहिरबाट मोटर ल्याएर बिक्री गर्ने लाइसेन्स दिने भयो । उनको भाग्य तब फेरियो जब कोस्चारिस पनि ती दश मोटर कम्पनी भित्र प¥यो । त्यसपछि उनले कहिल्यै फर्किएर हेर्नु परेन । अहिले उनी नाइजेरियाकै १० धनीमध्ये पर्दछन् ।

– इरादा पहाडी, एजेन्सीको सहयोगमा
२७ चैत, २०७२, ६.००

वि.सं.२०७२ चैत २७ शनिवार २०:२० मा प्रकाशित

You can share this post!

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वीरगञ्ज भन्सारद्वारा आठमहिनामा एक खर्ब १४ अर्ब राजस्व सङ्कलन   

वि.सं.२०८१ वैशाख ८ शनिवार १३:२२

पर्सा, ८ वैशाख : वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको...

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

महालक्ष्मी विकास बैंकद्वारा महिला उद्यमी लक्षित सशक्तीकरण अभियान

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:५४

काठमाडौं । महालक्ष्मी विकास बैंकले महिला उद्यमीहरुलाई सार्वजानिक यातायातको क्षेत्रमा...

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

गरिमा विकास बैंक र टान गण्डकी बीच व्यवसायिक सम्झौता

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४८

काठमाडौं । गरिमा विकास बैंक लिमिटेड र ट्रेकिङ एजेन्सी एसोसिएसन...

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

पर्यटकको रोजाइमा घोडेपानी, एक वर्षमा ३१ हजारले गरे भ्रमण   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:४०

म्याग्दी, ८ वैशाख : विसं २०८० मा ३१ हजारभन्दा बढी...

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

काठमाडौँमा आज यी स्थानमा विद्युत् सेवा अवरुद्ध   

वि.सं.२०८१ वैशाख ८ शनिवार १२:३३

काठमाडौँ, ८ वैशाख : नेपाल विद्युत् प्राधिकरणका अनुसार आज जोरपाटी...

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

कुन राशिको कस्तो छ ? हेर्नुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख ८ शनिवार ०५:४८

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...