back
NMB ad

एमाले धादिङ पोखरा सम्पर्क मञ्चको क्यालेण्डर विमोचन

Kumari bank ad

पोखरा । छ महिना पुरा गरेको प्रधानमन्त्री केपी शर्मा ओलीको सरकार पुर्ण सफल देखिएको प्रधानमन्त्रीका स्वकिय सचिव रमेश आचार्यले दाबी गरेका छन् । असहज परिस्थितिमा गठन भएको सरकारले मधेश आन्दोलन र नाकाबन्दीबाट मुलुकलाई पार लगाउँदै छिमेकीसँगको सम्बन्ध सुमधुर बनाउन सक्नु नै सरकारको सफलता भएको उनको जिकिर छ ।

नेकपा एमाले धादिङ पोखरा सम्पर्क मञ्चले पोखरामा हिजो शनिबार आयोजना गरेको नयाँ वर्ष २०७३ को शुभकामना आदानप्रदान तथा क्यालेण्डर विमोचन कार्यक्रममा आचार्यले अब भुकम्पबाट प्रभावितका लागि काम गर्ने र यसपछि कसैले पनि सरकार असफल भयो भन्नै नसक्ने ठोकुवा गरे । ‘नाकाबन्दीले मुलुक आक्रान्त भएको बेला सरकार गठन भयो । ठुलो दलले सहमति तोडेका बेला राष्ट्रियताको जगमा बनेको सरकार हो ।’ युवा संघ नेपालका केन्द्रिय सचिवालय सदस्य समेत रहेका उनले भने– ‘मधेश आन्दोलन यहाँसम्म आएको छ । छिमेकी मुलुकसँग पारवहन लगायत महत्वपूर्ण सम्झौता भएको छ ।’

धादिङ पोखरा सम्पर्क समितिका अध्यक्ष झम्क सारु मगरले पोखरामा रहेका सबै धादिङबासीहरु एकजुट भएर अघि बढ्नुपर्ने बताए । सो अवसरमा प्रमुख अतिथि आचार्य, विशेष अतिथि सारु, सल्लाहकार संयोजक एवं एमाले कास्की क्षेत्र नं. २ विशेष नगर ईलाका कमिटि अध्यक्ष वीरबहादुर थापा, पोखरा वडा नं. ९ अध्यक्ष प्रकाश शर्मा लगायतले संयुक्त रुपमा क्यालेण्डर विमोचन गरेका थिए ।

मञ्चका अध्यक्ष बेनि पाठकको अध्यक्षतामा भएको कार्यक्रममा निवर्तमान अध्यक्ष कृष्णबहादुर लम्सालले स्वागत तथा सचिव गोकर्ण अधिकारीले सञ्चालन गरेका थिए । क्यालेण्डर प्रकाशन उपसमिति संयोजक योगप्रसाद सापकोटा (नवराज) ले क्यालेण्डर छपाईका लागि संकलित रकमबारे जानकारी गराएका थिए ।

२८ चैत २०७२, १०.००

वि.सं.२०७२ चैत २८ आइतवार १३:३१ मा प्रकाशित

You can share this post!

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

अवैध आयात र दक्ष जनशक्ति अभावले सङ्कटमा बेकरी उद्योग   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०८

बनियानी (झापा), १६ चैत : भारतबाट हुने अवैध आयात र...

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

राज्यका सबै निकायमा हप्तामा दुई दिन स्वदेशी पोसाक लगाउने व्यवस्था गछौँ : मन्त्री भण्डारी   

वि.सं.२०८० चैत १६ शुक्रवार १६:०४

काठमाडौँ, १६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले...

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

जथाभावी फोहर फाल्नेबाट महानगरले उठायो २७ लाख जरिवाना 

वि.सं.२०८० चैत १६ शुक्रवार १५:५९

वीरगञ्ज (पर्सा), १६ चैत : वीरगञ्ज महानगरपालिकाले चालु आर्थिक वर्ष...

नेपालले २२३ रनको चुनौती पायो   

नेपालले २२३ रनको चुनौती पायो   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:४८

काठमाडौँ, १६ चैत : आयरल्यान्ड ‘ए’ टोलिले ट्वान्टी–२० शृङ्खलाको पहिलो...

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

सात सयभन्दा बढी बैंकिङ कसुरका निवेदन   

वि.सं.२०८० चैत १६ शुक्रवार १५:०८

चितवन, १६ चैत : जिल्ला प्रहरी कार्यालय चितवनमा चालु आर्थिक...

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

सहकारीमा गरेको बचत सुनिश्चित गर्न माग   

वि.सं.२०८० चैत १६ शुक्रवार १४:५८

चितवन, १६ चैत : चितवनका सहकारी संस्था समस्याग्रस्त बन्दै गएपछि...