back
NMB ad

[अपडेट] खोटाङ बस दुर्घटनामा मृत्यु हुनेको संख्या २४ पुग्यो ( हेर्नुहोस् नामसहित)

Kumari bank ad

काठमाण्डौं ।  खोटाङबाट काठमाडौंका लागि छुटेको यात्रुबाहक बस दुर्घटना हुँदा मृत्यु हुनेको संख्या २४ जना पुगेको छ ।

मृत्यु हुनेमध्ये गाडी चालक पर्साका अर्जुन उप्रेती, खोटाङ दिक्तेल नगरपालिका–१४ का सन्तोश कट्वाल, च्यास्मिटार–८ का सुरेन्द्रकुमार राई, च्यास्मिटारकै रविन राई, निर्मलीडाँडा–३ की विमला राई, डिकुवा–८ का मोजा राई, याम्खा–७ का भैरव राई, खार्मी–५ का मित्राकुमार राई, दिप्सुङ–४ का गोविन्द तिम्सिना, उदयपुर बास्बोटे–३ का बबिन राई, उदयपुर ठोना–३ का हेम सुनार, धादीनारायण श्रेष्ठ, उदयपुर ताम्लिछा–५ की शान्ता राई, ओमश्री राई, सोलुखुम्बुका सोम सुन्दास र सुस्मा राईको सनाखत भएको सशस्त्र प्रहरी हलेसी गुल्मका निरीक्षक फुर्गेली शेर्पाले बताए । अन्यको सनाखत हुन सकेको छैन । मृतक शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल दिक्तेल ल्याइँदै छ ।

दिक्तेलबाट काठमाडौं गइरहेको बा २ ख ६३७६ नम्बरको बस दुर्घटना हुदा ड्राइभर अर्जुन उप्रेती लगायत २४ जनाको मृत्यु भइसकेको उद्धारमा संलग्न सशस्त्र प्रहरी निरीक्षक शेर्पाले बताए ।

अन्य २३ जनालाई हलेसीस्थित स्वास्थ्य चौकीमा प्राथमिक उपचारपछि थप उपचारका लागि सेनाको हेलिकप्टरबाट काठमाडौं लगिएको छ ।

दिक्तेलबाट १८ जना यात्रु बोकेको बसले बाटोमा थप्दै लगेकाले कति यात्रु सवार थिए भन्ने अझै खुल्न नसकेको प्रहरीले जनाएको छ । घटनास्थलमा नेपाल सेना, सशस्त्र र जनपथले मृतक र घाइतेको खोजी गरी उद्धार गरिरहेका छन् ।

प्रकाशितः २०७२ चैत्र ३०

वि.सं.२०७२ चैत ३० मंगलवार ११:०६ मा प्रकाशित

You can share this post!

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

भेरी करिडोरमा ३६ करोड २५ लाखमा तीन पक्की पुल बन्दै   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४७

डोल्पा, १३ वैशाख : भेरी करिडोरमा तीनवटा पक्की पुल निर्माण...

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबी बैंकको संस्थापक सेयर बिक्रीमा

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:४०

काठमाडौं। एनएमबी बैंक लिमिटेडले संस्थापक सेयर बिक्रीमा ल्याएको छ ।...

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

नेपाल–चीन सहायता परियोजनाको पहिलो बैठक सम्पन्न   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०९:३३

काठमाडौँ, १३ वैशाख : नेपाललाई चीनको स्वशासित क्षेत्र तिब्बतबाट आगामी...

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

डोल्पामा जेठ १० गतेदेखि यार्सा सङ्कलन खुला   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:२०

डोल्पा, १२ वैशाख : हिमाली जिल्ला डोल्पामा आगामी जेठ १०...

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

आजको मौसम : केही स्थानमा हल्का वर्षाको सम्भावना

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:१५

 काठमाडौँ, १३ वैशाखः हाल देशमा पश्चिमी वायु र स्थानीय वायुको...

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

जलवायुसम्बन्धी अन्तर्राष्ट्रिय संवाद कार्यक्रमको ‘वेबसाइट’ सार्वजनिक   

वि.सं.२०८१ वैशाख १३ बिहीवार ०६:०८

काठमाडौँ : नेपालले आगामी जेठ ९ र १० गते काठमाडौँमा...