back
NMB ad

‘यी हुन् शुन्यबाटै सफल भएका पाँच नेपाली धनी’

Kumari bank ad

हाम्रो समाजमै पनि केही यस्ता व्यक्ति छन्, जसले आफ्नो उद्यमशीलता र सृजनात्मकताको बलमा अतुलनीय व्यावसायिक सफलता प्राप्त गरेका छन्। यसपल्ट हामीले त्यस्ता व्यक्तित्वमध्ये केहीको चर्चा गरेका छौं ।

गोपाल सुन्दरलाल कक्षपति, प्रबन्ध निर्देशक, नाङ्लो बेकरी   
gopal sundarlal
कक्षपति पाल्पाको पुर्ख्यौली घर ५० हजार रूपैयाँमा बेचेर करीब ३५ वर्षअगाडि काठमाडौंमा नाङ्लो रेष्टुराँ शुरू गरेका गोपाल सुन्दरलाल कक्षपती अहिले करोडौंका मालिक बनेका छन् । उनी ११ वर्षको छँदा बुबा रामलाल कक्षपतिको मृत्यु भएको थियो । बुबाको मृत्युपछि आमा र दाजु श्याम सुन्दरलाल कक्षपतिसँगै काठमाण्डौं प्रवेश गरेका उनले बाल्यकालमा थुप्रै अप्ठ्याराको सामना गर्नुपरेको थियो ।

बुबा रामलाल तानसेनमा सामान्य कपडा व्यापार गर्थे । उनको मृत्युपछि पुर्ख्यौली थातथलो छाडेर उनीहरु काठमाण्डौं आए । अहिले पनि विगतका कष्टपूर्ण दिनको याद मनमस्तिष्कमा ताजै रहेको उनले बताएका छन् । बाल्यकाल मामाघरमा नै बिताएका कक्षपतीले राजधानीकै नेपाल आदर्श विद्यालयबाट एसएलसी पास गरेका हुन् । पाटन संयुक्त क्याम्पसबाट प्रमाणपत्र तह र त्रिचन्द्र कलेजबाट स्नातक गरेका कक्षपतिको बाल्यकालदेखि नै व्यवसायप्रति झुकाव थियो ।

त्यो बेलामा उनलाई एकजना अमेरिकी साथी टम एरेनले रेष्टुराँ खोल्ने सल्लाह दियो, उसैको सल्लाहमा उनले नाङ्लो रेष्टुरेष्टको सुरुवात गरे । नाङ्लोबाट शुरू भएको उनको व्यवसाय अहिले व्यापक बनेको छ । नाङ्लो रेष्टुराँ र नाङ्लो बेकरी प्रालिका प्रबन्ध निर्देशक कक्षपति निरन्तरको साधनाले प्राप्त गरेको सफलताबाट प्रफुल्ल छन् ।

उनलाई शुरूशुरूमा थुप्रैले रेष्टुराँमा जुठो भाँडा माझ्ने र रक्सी बेच्ने भनेर हेप्ने गर्थे, तर त्यस्ता आरोपको उनी बेवास्ता गर्थे । कक्षपतिले यो व्यवसाय शुरू गर्दा नेपालमा रेष्टुराँमा गएर खाने संस्कारको विकास नै भएको थिएन । त्यतिबेला अधिकांश मान्छे यो व्यवसायलाई हेयको दृष्टिले हेर्थे । अहिले नेपालमा रेष्टुराँ व्यवसाय प्रतिष्ठित हुँदै गएकोमा उनलाई गौरव छ । १८ घण्टासम्म काममा व्यस्त हुने कक्षपतीले कलेज र होटलमा पनि लगानी गरेका छन् । सामाजिक कार्यमा समेत संलग्न उनी करीब एक दर्जन संस्थामा आबद्ध छन् ।

तिलक रानाभाट, कार्यकारी निर्देशक, नूर अपरच्युनिटिज ओभरसिज
tilak ranabhat 1
निम्न मध्यमवर्गीय परिवारमा जन्मिएका तिलक रानाभाट पेशाले म्यानपावर व्यवसायी हुन् । कास्कीको दुर्गम गाउँ एङजाकोटमा जन्मिएर त्यहीँबाट एसएलसी गरेका रानाभाटको स्कूले जीवन चप्पल र हाफ पाइण्टमै बितेको थियो । त्यतिबेला दाउरा–घाँस गर्ने र गाई–बाख्रा चराउने उनको दैनिकी थियो । पोखराको पृथ्वीनारायण क्याम्पसमा अध्ययन गर्दै गर्दा पढाइ खर्च जुटाउनकै लागि रानाभाटले ‘ल फर्म’मा काम गरेका थिए । केही समय शिक्षण पेशामा समेत आबद्ध रानाभाटले करीब ३ वर्षजति पुनरावेदन अदालत पाटनमा शाखा अधिकृतको जागीर पनि खाएका थिए । आमा मणिकर्णाको मृत्युका कारण स्थायी नोकरीका लागि परीक्षा दिन नपाएपछि शाखा अधिकृतको अस्थायी जागीर छाडेका उनले त्यसपछि कहिल्यै सरकारी नोकरीका लागि आवेदन दिएनन् । रानाभाटले आफ्नै ‘ल फर्म’ सञ्चालन गर्ने योजनमा उक्त नोकरी छाड्दा थुप्रैले मूर्ख भनेका थिए ।

एकजनाले जागिर खानुभन्दा दुईजनालाई नोकरी दिनु राम्रो ठानेर उनले जागिर छाडेका थिए । तर, त्यो सजिलो थिएन । उनले त्यसका लागि थुप्रै सङ्घर्ष गर्नुप¥यो । बीएलसम्मको अध्ययन गरेका रानाभाटको चाहना राम्रो वकिल बनेर देशसेवा गर्ने थियो, परिवारको चाहना पनि त्यही । तर, उनी कहिल्यै नसोचेको ‘म्यानपावर’ व्यवसायमा संलग्न हुन पुगे ।

करीब १३ वर्षअघि आफन्त र साथीभाइसँगको सरसापटमा झण्डै ५ लाख रुपैयाँको लगानीमा शुरू गरेको उनको व्यवसाय अहिले करोडौंको बनेको छ । तीन जनाको लगानीमा शुरू गरेको नूर अपरच्र्युनिटिज ओभरसिज प्रालि अहिले रानाभाट एक्लैले सञ्चालन गर्दै आएका छन् । उनी त्यसका कार्यकारी निर्देशक हुन् ।

उनले अहिले कोहिनूर इन्भेष्टमेण्ट प्रालि, प्लान जर्नी ट्राभल्स एण्ड टुर्स प्रालि, नेशलन आईसीटी प्रोमोशन प्रालिलगायत कम्पनीसमेत सञ्चालन गरेका छन् । म्यानपावर व्यवसायलाई थुप्रैले मान्छे बेच्ने पेशा भन्दै आलोचना पनि गर्थे । तर, पनि उनले ठूलो चुनौती मोलेर यो व्यवसायमा हात हाले । अहिले यसमा सफल हुँदा उनी गौरवान्वित छन् ।

रामचन्द्र तिमोथी, कार्यकारी निर्देशक, एकता बुक्स डिष्टिब्युटर्स
ramchandra timothi 1
सुरुका दिनमा काठमाण्डौंका सडकमा कहिले साइकलमा त कहिले काँधमा पुस्तक बोकेर ओसारपसार गर्ने रामचन्द्र तिमोथीको सफलता अहिले थुप्रै मानिसहरुका लागि सफताको प्रेरणा बनेकोछ । सडकबाट सुरु भएको उनको व्यवसाय अहिले एकता बुक्स डिष्ट्रिब्युटर्सका नाममा परिचित छ । उनी त्यसका कार्यकारी निर्देशक हुन् । तिमोथी व्यावसायिक सफलताको सम्पूर्ण जस मामाहरू डा एडन र प्राडा राजेन्द्रकुमार रोङ्गोङलाई दिन्छन् ।

१२ वर्षको कलिलो उमेरमै बुबाको मृत्यु भएपछि तिमोथीको बाल्यकाल मामाहरूको रेखदेखमा बितेको थियो । भक्तपुरको कटुञ्जेमा २०१६ सालमा जन्मिएका तिमोथीको जापानमा गएर मेकानिकल्स इञ्जिनीयरिङ गर्ने चाहना थियो । तर शिक्षाप्रेमी मामाहरुको प्रेरणाले उनी पुस्तक व्यवसायी बने । उनले व्यवसाय शुरू गर्दा केही वर्ष अनगिन्ती समस्या झेल्न पुगे । तर, उनी कहिल्यै समस्यासँग अत्तालिएर भागेनन् ।

जतिजति समस्या आउँथे आफूलाई त्यतित्यति नयाँ कुरा सिक्ने मौका प्राप्त भएको उनी महसूस गर्थे र आत्मविश्वासका साथ काम गर्थे । थुप्रै समस्या एकैचोटी आउँदा उनी भगवान् पुकार्थे । जस्तोसुकै सङ्कटमा पनि अधैर्य र अस्थिरतालाई हटाएर धीर बन्न सक्ने मानिस सधैं सफल हुने उनको ठहर छ ।

२०२९ सालतिरै विराटनगरमा हिमाली प्रकाशन सञ्चालन गरेका उनका मामा एडनले २०३५/३६ सालतिर पाटनमा ‘पाटन बुक्स हाउस’को सञ्चालन गरेका थिए । त्यतिबेला तिमोथी मामाको सहयोगीका रूपमा काम गर्थे । त्यही बेलामा उनले पुस्तक व्यवसायका बारेमा धेरै कुरा जान्ने मौका पाए । २०३६ सालमा पाटन बुक्स हाउस बन्द भएपछि एडनले २०३८ सालमा पुनः पाटनमै हिसप बुक्स हाउस खोलेका थिए ।

त्यो बेलासम्म तिमोथीले आफूलाई व्यवसायमा दक्ष बनाइसकेका थिए । २०४० सालतिर थापाथलीस्थित गेहेन्द्र शमशेरको घरमा एकता बुक्सको स्थापना हुँदा तिमोथी त्यसका हर्ताकर्ता बनिसकेका थिए । एकता बुक्सले स्थापनाको करीब ३० वर्षमा नसोचेको सफलता प्राप्त गर्न सफल भएको छ ।

करीब १ लाख ३२ हजार शीर्षकका पुस्तकको प्रकाशन तथा वितरण गर्दै आएको एकताले अहिलेसम्म नेपालका मात्र झण्डै ३ सय पुस्तक प्रकाशन गरिसकेको छ । अक्सफोर्ड, क्याम्ब्रिज, ग्लोबल्ली पियर्सनजस्ता मल्टिनेशनल कम्पनीका पुस्तकको वितरणको जिम्मा पनि एकताले लिएको छ । ४८ जनालाई प्रत्यक्ष रोजगारी दिइरहेको एकताको सञ्जाल अहिले विश्वव्यापी बनेको छ ।

सरकारी जागीर छाडेर व्यवसायमा

chandra dhakal 1

‘उद्देश्य के लिनु उडी छुनु चन्द्र एक’ भन्ने महाकवि लक्ष्मीप्रसाद देवकोटाको भनाइ चन्द्र ढकालको जीवनमा ठ्याक्कै लागू हुन्छ । परिश्रमलाई मूलमन्त्र ठान्ने ढकाल परिश्रमी मानिस सधैं सही ठाउँमा पुग्ने विश्वास गर्छन् । राष्ट्रिय वाणिज्य बैङ्कको सहायक पदबाट राजीनामा दिएर आफ्नै व्यवसाय शुरू गरेका ढकालले अहिले अतुलनीय व्यावसायिक सफलता प्राप्त गरेका छन् ।

सामान्य किसान परिवारमा जन्मिएका ढकालले एसएलसी पनि गाउँकै त्रिभुवन माध्यमिक विद्यालयबाट गरेका हुन् । क्याम्पस पढ्ने चाहनामा काठमाण्डौं प्रवेश गरेका उनले शुरूका दिनमा थुप्रै दुःख–कष्टको सामना गर्नुपरेको थियो । आफ्नै बलबुतामा व्यवसाय सञ्चालन गर्ने चाहनामा बैङ्कबाट ऋण लिन खोज्दा सरकारी नोकरीबाट नै राजीनामा दिनुपरेको तीतो घटना ढकालको मानसपटलमा अहिले पनि ताजै छ । तर, उनले हिम्मत हारेनन् ।

त्यतिबेला उनले सरकारी जागीरभन्दा १२ लाख ऋण रोजे । त्यही ऋणबाट २०५१ सालमा शुरू गरेको कार्गो कम्पनीले व्यवसायको मूलबाटोमा डो¥यायो ।

काठमाण्डौंकै पिपल्स क्याम्पसबाट प्रमाणपत्र र सरस्वती क्याम्पसबाट स्नातक गरेका ढकालले त्यसपछिको अध्ययनलाई निरन्तरता दिन सकेनन् । त्यसो त उनले क्याम्पस खर्चको जोहो गर्न त्यतिबेला नै काठमाण्डौंमै सानो कोल्ड स्टोरसम्म सञ्चालन गरेका थिए ।

अहिले उनी ग्लोबल बैङ्कका अध्यक्ष छन् । उनले करीब १० वर्षअघि शुरू गरेको इण्टरनेशनल मनी एक्सचेञ्ज ९आईएमई०ले देशविदेशमा ख्याति कमाएको छ । ढकाल प्रमुख रहेको आईएमईको विश्वका ७५ भन्दा बढी मुलुकमा सम्बन्ध विस्तार भइसकेको छ । नेपालका पनि अधिकाशं जिल्लामा आर्इएमई पुगेको छ ।

विदेशमा दुःख गरेर कमाएको पैसा गाउँमा परिवारका हातमा पारिदिने चाँजो मिलाउने काम गर्न सकेकोमा उनी गर्व गर्छन् । गाउँले जीवनबाट उठेर करोडपति बनेका ढकाल सामाजिक कार्यमा पनि उत्तिकै रूचि राख्छन् ।

खुद्रा सामानबाट सुपरमार्केटतिर

min gurungमीनबहादुर गुरुङ जीवनमा लामो सङ्घर्ष गरेकै कारण सफलताको शिखरमा पुगेको बताउने भाटभटेनीका सुपरमार्केटका अध्यक्ष मीनबहादुर गुरुङले समाजसेवीको पनि छवि बनाएका छन् । खोटाङको विकट गाउँमा जन्मिएका गुरुङ हाल अर्बौ रुपैयाँ पुँजी रहेको भाटभटेनीका मालिक बनेका छन् । उनले त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालको आकस्मिक कक्ष स्थापना गर्न करीब ५ करोड रुपैयाँ सहयोग गरेका थिए । सिटामोल खान नपाएर बिरामी नै बस्नुपर्ने अवस्था भोगेर आएकाले आफूले त्यस्तो सेवा गरेको उनले बताएका थिए ।

२०३१ सालमा खोटाङबाट काठमाण्डौं उनी आपूmलाई एक सामान्य किसानको छोरोका रूपमा परिचित गराउन चाहन्छन् । खुद्रा सामानको स्टोरबाट विकास भएको भाटभटेनी अहिले नेपालकै एक विशाल सुपरमार्केटका रूपमा परिचित छ ।

उनले आफ्नो जन्मस्थान खोटाङमा करीब ६ सय जनालाई रोजगारी प्रदान गरेका छन् । उनले आफ्नो जीवनकालमा १ सयभन्दा बढी सुपरमार्केट र उद्योग स्थापना गर्नुका साथै करीब ५० हजार मानिसलाई रोजगारी प्रदान गर्ने सपना बुनेका छन् । उनी आफ्नो सफलताका चार चरण उल्लेख गर्छन् – व्यवसाय सानो पूँजीबाट शुरू गर्ने, बजारको अनुसन्धान गरी व्यवसायको शुरुआत गर्ने, इमानदार हुने र आफ्नो काम कसका लागि स्पष्ट हुने ।

वि.सं.२०७२ चैत ३० मंगलवार १७:५५ मा प्रकाशित

You can share this post!

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

महोत्तरीको मटिहानीमा आगलागी, ९२ घर जलेर नष्ट   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४६

जलेश्वर (महोत्तरी), १२ वैशाख : महोत्तरीको मटिहानी नगरपालिका–६ जरलहवाहत्ता टोलमा...

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

पर्यटन बोर्डको कार्यकारी अधिकृत छनोटसम्बन्धी कुनै काम नगर्न सरकारलाई आदेश   

वि.सं.२०८१ वैशाख १२ बुधवार २०:४२

काठमाडौँ, १२ वैशाख : उच्च अदालत पाटनले नेपाल पर्यटन बोर्डका...

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

सेयर बजारमा समान्य सुधार, २ अर्ब ५३ करोडको कारोबार

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:१६

काठमाडौँ । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

एक कम्पनीको सेयरमा सकरात्मक सर्किट, अन्य कुनको कति बढ्यो ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:११

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

नेपाल रिइन्स्योरेन्स कम्पनीको संस्थापक सेयरको भयो सर्वाधिक कारोबार, अन्य कुनको कति ?

वि.सं.२०८१ वैशाख १२ बुधवार १५:०४

काठमाडौं । आज बैंशाख १२ गते बुधबार सेयर बजारमा सामान्य...

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

अस्ट्रेलियाको मुद्रास्फीतिदर ३.६ प्रतिशतमा झर्यो   

वि.सं.२०८१ वैशाख १२ बुधवार १४:४९

क्यानबेरा, १२ वैशाख : अस्ट्रेलियाको वार्षिक मुद्रास्फीति दर तीन दशमलव...