back
NMB ad

भिखारीको कमाई महिनाको ७५ लाख भन्दा बढी

Kumari bank ad

काठमाण्डौं । संयुक्त अरब इमेरेट्सको दुबइमा भिख मागेर महिनाको ७५ लाख नेपाली रुपैंया भन्दा बढी कमाउने भिखारी पक्राउ परेका छन्।

दुबइ महानगरपालिकाका निरिक्षकले केही समयअघि पक्राउ गरेकामध्ये एक भिखारीले मासिक २ लाख ७० हजार दिरामभन्दा धेरै कमाइ गरिरहेको खुलासा भएको हो।

सन् २०१६को पहिलो ३ महिनामा दुबइमा ५९ भिखारी पक्रउ परेका महानगरका बजार विभाग प्रमुख फैसल अल बदिअवीले एक विज्ञप्तिमा जनाएका छन्।

दुबइबाट भिखारी हटाउन महानगरले युएइ प्रहरीसँगको सहकार्यमा अभियान चलाइरहेको छ। यहि अभियानका क्रममा ती भिखारीहरू पक्राउ गरिएको उनले बताएका छन्।

कतिपय भिखारीसँग बिजनेस र भ्रमण भिषा लगाइएका पासपोर्ट छन्, उनले पत्रकारहरूसँग भने।

उनले भने, धेरैजसो भिखारीहरू वैधानिक रुपमा नै दुबइ आएका छन् । उनीहरू तीन महिनाको भिषामा दुबइ आउँछन् र यो अवधिमा सकेसम्म धेरै पैसा जम्मा गर्छन्।

एक जनाले महिनाको २ लाख ७० हजार दिरामसम्म संकलन गरेको उदाहरण दिँदै अल बदीअवीले भने, शुक्रबार मस्जिद अघि बस्ने भिखारीले धेरै पैसा जम्मा गर्छ।

दुबइ महानगरपालिकाले सडकबाट भिखारी हटाउन एकवर्षदेखि प्रयास गरिरहेको छ। सन् २०१५ यता १९७ भिखारी पक्राउ परेका छन्।

 प्रकाशितः एजेन्सी, २०७३ वैशाख १

वि.सं.२०७३ वैशाख १ बुधवार १३:१८ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...