back
NMB ad

तीन घन्टा कुरेर एक गाग्री पानी!

Kumari bank ad

पाल्पा ।  वर्षभरि खानेपानीको मुहान सुकेपछि ग्रामीण क्षेत्रका बासिन्दा यसपालि फागुन–चैतदेखि पानीको चिन्तामा डुबेका छन्।

मुझुङ्ग–७ स्थित पिपौदीको खानेपानीको मुहानमा दुई दिनसम्म पानी सङ्कलन गर्दा पनि दुई गाग्रो भर्न समस्या भएपछि स्थानीय बासिन्दा पानीको चिन्तामा डुबेका हुन्।

गत वर्षसम्म १२ महिना पानी प्रशस्त हुने मुहानमा अहिले दुई गाग्रो पानी भर्न नपुगेपछि यहाँका स्थानीयवासी गाग्रो बोकेर पानीको मुहानको खोजीमा भौँतारिएका छन्। मुझुङ्ग–१, २, ७ र ८ का झन्डै २०० घरपरिवारका लागि पहिला खानेपानी पुग्ने गरेको मुहानमा अहिले माघ–फागुनदेखि नै पानीको मुहान सुकेपछि स्थानीय बासिन्दालाई यतिबेला पानीको जोहो गर्न समस्या भएको छ।

पिपौदीमा पानीको मुहान सुकेपछि पानीको मुहानको खोजीमा मुझुङ्ग–७ स्थित लामटाङ्गेको धारामा पानी ल्याउनका लागि धाउन परेको स्थानीयवासी सुमित्रा दर्नालले बताए। उनले भने, तीन घन्टा कुरेर एक गाग्रो पानी भर्न पाइन्छ, अरू पानीका मुहान सुकेपछि सबैले खानेपानी ल्याउने धारा नै त्यही बनेको छ। त्यस धारामा खानेपानी मात्र थाप्न पाइन्छ, नुहाइधुवाइ गर्न त छहरा–५ मङ्गालको खोलामा जानुपर्छ।

गत वर्ष लामो समय पानी नपरेपछि मुहान फुट्नै नपाएर यसपालि पानीका मुहान छिट्टै सुकेको स्थानीय बूढापाका बताउँछन्। भैरवस्थान–३ का टोपनारायण रायमाझीका अनुसार यस वर्ष माघ–फागुनमा नै एक दर्जनभन्दा बढी पानीका मुहान सुकेका छन्। परम्परागत रुपमा प्रयोग गरिने खानेपानीका मुहान सुकेपछि गृहिणी तथा बालबालिका ठूलो समस्या भोग्न बाध्य भएका हुन्।

पानीका मुहान सुकेपछि पानीको मुहानको खोजीमा तानसेन नपा, पालुङ्गमैनादी, कुसुमखोला, खस्यौली, भैरवस्थान गाविस लगायतका गाविसमा पानीको निकै समस्या रहेको छ। पहाडी जिल्ला भएकाले पनि मानिस लेकमा बस्ने गरेकाले पानीको समस्या झन् बढेको स्थानीयवासी बताउँछन्।

प्रकाशितः २०७३ चैत्र २

वि.सं.२०७३ वैशाख २ बिहीवार १०:४१ मा प्रकाशित

You can share this post!

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

शान्तिपूर्ण रूपमा इलाम–२ मा मतदान सुरु   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:३०

फिक्कल (इलाम), १५ वैशाख: इलाम क्षेत्र –२ मा मतदान सुरु...

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

एनआईसी एशिया बैंकमा खनियाको बढुवा, बने सहायक प्रमुख कार्यकारी अधिकृत

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:२३

काठमाडौं । एनआईसी एशिया बैंक लिमिटेडले सहायक महाप्रबन्धक पदमा कार्यरत...

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

आजको मौसम : यी स्थानमा हुरीबतासको चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:१०

काठमाडौँ, १५ वैशाख : हाल देशमा पश्चिमी वायु र स्थानीय...

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने  चेतावनी   

सरकारले माग पूरा नगरेको मिटरब्याजपीडितको गुनासो, फेरि आन्दोलन गर्ने चेतावनी   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०७:०१

सिरहा : सरकारले प्रतिवद्धता गरेअनुसार माग पूरा नगरेको भन्दै अनुचित...

आज इलाम र बझाङमा उपनिर्वाचन   

आज इलाम र बझाङमा उपनिर्वाचन   

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४७

काठमाडौँ, १५ वैशाख : आज इलाम र बझाङमा उपनिर्वाचन हुँदैछ...

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

आज १५ बैशाख २०८१ शनिवार, थाहा पाउनुहोस् आजको राशिफल

वि.सं.२०८१ वैशाख १५ शनिवार ०६:४१

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...