back
NMB ad

जापानले सोध्यो भूकम्पपीडितका लागि दिएको ३२ अर्ब खै ?

Kumari bank ad

काठमाण्डौं । भूकम्प पीडितका लागि जापान सरकार र आफ्ना निकायले पठाएको करिब ३२ अर्ब रकमप्रति जापानी सांसदहरुले चासो व्यक्त गरेका छन्। भूकम्प गएको झन्डै एक वर्ष पुग्न लागेको उल्लेख गर्दै उनीहरुले भूकम्प पीडितको अवस्थाबारे समेत चासो व्यक्त गरे।

जापान भ्रमणमा रहेको नेपाली सांसदहरुको टोलीसँग उनीहरुले भूकम्पपछिको पुनर्निर्माण र पीडितको राहत–उद्धारका विषयमा पनि जानकारी लिएका थिए। ‘जापान सरकार सहितका संस्थाहरुले पठाएको रकम कहाँ, कति, कसरी खर्च भइरहेको छ ?’ नेपाली टोलीसँगको भेटका क्रममा जापानका सांसदहरुले जिज्ञासा राखेका हुन्। जापानी लिबरल डेम्रोक्र्याटिक पार्टीका संसद तोसिहितो निकाई सहितको ५ सदस्यीय टोलीसँग नेपाली सांसदहरुले हाउस अफ रिप्रिजेन्टेटिभमा भेट गरेका थिए।

मुलुकी ऐन प्रतिस्थापनका लागि बृहत् अध्ययनको क्रममा रहेको संसदको विधायन समितिका सांसदहरु जापानमा छन्। जापानी सांसदहरुले नेपाललाई आवश्यक भए संघीयता सम्बन्धी कानुन निर्माण र भूकम्पको पुनर्निर्माणका सहयोग गर्ने आश्वासन समेत दिएका छन्।

३ बैशाख २०७३, १२।००

वि.सं.२०७३ वैशाख ३ शुक्रवार १३:५७ मा प्रकाशित

You can share this post!

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

मौसम पूर्वानुमान: भोलिसम्म बदली, आइतबारदेखि सुधार हुने   

वि.सं.२०८० चैत १६ शुक्रवार १२:०२

काठमाडौँ, १६ चैत : केही दिनयता हल्का वर्षासहित मौसममा भइरहेको...

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

४ प्रतिशत बोनस सेयर सेयरधनीको डिम्याट खातामा जम्मा, तपाईकोमा आयो त ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:५४

काठमाडौं । तारागाउँ रिजेन्सी होटल्सले बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट...

दैनिक रेकर्ड ब्रेक गर्दै सुनको भाउ, आज कति बढ्यो ?

दैनिक रेकर्ड ब्रेक गर्दै सुनको भाउ, आज कति बढ्यो ?

वि.सं.२०८० चैत १६ शुक्रवार ११:४७

काठमाडौं । आज चैत १६ गते शुक्रबार सुनको मूल्यमा वृद्धि...

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...