back
NMB ad

नेपालको संविधान, देशको झण्डा र संगठनको झण्डा सगरमाथा लगिने

Kumari bank ad

काठमाण्डौं । नेपाल विद्यार्थी संघले आफ्नो ४६ औं जन्मजयन्तीको अवसरमा संगठनको झण्डा, नेपालको राष्ट्रिय झण्डा र संविधानसभाले जारी गरेको नेपालको संविधान विश्वको सर्वोच्च शिखर सगरमाथामा पुर्‍याउने भएको छ।

आज आईतबार रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलन गरे मंगलबारबाट सगरमाथाको आरोहण सुरू गर्न लागेका झापा, धुलाबारी क्याम्पसका विद्यार्थी अनिष लुईटेलले ती सामग्री सगरमाथाको चुचुरोमा पुर्‍याउने जानकारी दिए।

पत्रकार सम्मेलनमा संघका अध्यक्ष रञ्जित कर्णले ती सामग्रीहरु आरोही लुईटेललाई हस्तान्तरण गरेका थिए। सो अवसरमा उनले नेपालको संविधान संसारकै उत्कृष्ट भएकोले विश्वकै सर्वोच्च शिखरमा पुर्‍याएर सकारात्मक सन्देश दिन लागिएको भन्दै लुईटेललाई आरोहणको सफलताको शुभकामना दिए।

उनले संविधान जारी भएपछि मुलुक आर्थिक समृद्धिमा जाने विश्वास ब्यक्त गरिए पनि सरकारले कालोबजारीको समानान्तर अर्थतन्त्र चलाएर मुलुकको अर्थतन्त्र ध्वस्त बनाएको आरोप लगाए। उनले भने, ‘अब राजनीतिक क्रान्तिको युग सकिएकोले यूवा विद्यार्थीहरुको आन्दोलन सडकमा भन्दा पनि आर्थिक समृद्धिको लागि हुनुपर्छ।’

लुईटेलले अघिल्लो वर्ष भुकम्पको कारण आरोहण गर्न नसकेको उल्लेख गर्दै यस पटक सफल आरोहण गरेर संसारकै उत्कृष्ट संविधानलाई सर्वोच्च स्थानमा पुर्‍याउने प्रतिबद्धता ब्यक्त गरे।

५ बैशाख २०७३, ३।००

वि.सं.२०७३ वैशाख ५ आइतवार १५:०५ मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...