back
NMB ad

पर्यटन, जलस्रोत र कृषिमा लगानीको कमि हुन्न : अर्थमन्त्री पौडेल

Kumari bank ad

नरेश के.सी

भैरहवा । अर्थमन्त्री बिष्णु प्रसाद पौडेलले पर्यटन, जलस्रोत र कृषिमा लगानीको कुनै कमी नहुने बताएका छन् । मन्त्री पौडेलले भैरहवामा आयोजित नेपाल राष्ट्रिय पर्यटन ब्यवसायी संगठन प्रदेश नं. ५ को पर्यटन ब्यवसायीको भेलालाई सम्बोधन गर्दै भने ‘कृषि, पर्यटन र जलस्रोतको बिकासमा सरकारले लगानी कमी हुन दिन्न बरु तपाईहरु योजनाबद्ध विकासमा लाग्नुस् ।‘

मन्त्री पौडेलले संबिधानले जसरी स्वाधिन, आत्मनिर्भर र उत्पादनमुलक समाज निर्माण गर्ने उदेश्य बोकेको छ त्यसरी नै सरकारले तीे उद्देश्य पुरा गर्ने तरीकाले आर्थिक वर्षको नीति तथा कार्यक्रम र पनि ल्याउने जिकिर गरे ।

उनले मधेश, पहाड, हिमालका जनताको समृद्धिका लागि सरकारले बिशेष कार्यक्रम ल्याउने जानकारी गराउदैं त्यसको आधार पर्यटन कृर्षी र जलस्रोत भएकोले सोही अनुसार लगानी गर्न लागीएको पनि बताए ।

उनले लुम्विनी क्षेत्रमा अन्तर्राष्टिय बिमानस्थल लगायत लुम्विनीको तिब्रतर बिकास संगै लुम्विनी क्षेत्रमा अन्तराष्टिय लगानीकर्ताको आकर्षणको केन्द्रबिन्दु बन्दै गएको बताउदैें ५ नं. प्रदेशको पर्यटन प्रवद्धनमा स्वदेशी लगानीकर्ताहरुको पनि चासो बढाउन अग्रह गरे ।
मन्त्री पौडेलले लुम्बिनीको वृहत्तर योजना मार्फत लुम्बिनीसंग ५ नम्बर प्रदेशका धार्मिक तथा अन्य पर्यटनलाई जोडेर विकास गर्नुपर्नेमा पनि जोड दिए ।

सोही अवसरमा उद्योग मन्त्री सोमप्रसाद पाण्डेले धार्मिक र एडभेन्चर पर्यटनलाई व्यवस्थीत गर्दै अगाडी बढेमा मुलुकले काँचुली फेर्ने बताए ।

मन्त्री पाण्डेले लुम्विनी, रेसुङगा, स्वार्गद्धारी, गौमुखी रिडि लगायतका क्षेत्रमा धार्मीक पर्यटनको बिकास र नेपालका हिमाल, प्याराग्लाइडिङ, बन्जिजम्प, साइकिलिङ, ट्रेकिङ, रेफ्टिङ जस्ता एडभान्चर पर्यटनको ब्यवस्थापन गर्न सके देसमा पर्यटनको माध्यमबाट समृद्धिको ढोका खुल्ने बताए ।

सरसफाई तथा खानेपानी राज्य मन्त्री दिनेशचन्द्र यादवले पर्यटन प्रबद्र्धनमा स्वास्थय खानेपानी र सरसफाईले भूमिका महत्वपुर्ण खेल्ने हुदां सोही अनुसारको व्यवस्थापनमा सरकारले पर्यटन व्यवसायीलाई आवश्यक सहयोग गर्ने जनाए ।

संगठनका उपाध्यक्ष तथा पर्यटन ब्यवसायी सि. एन. पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले केन्द्रीय सदस्य तथा पर्यटन बिभाग प्रमुख सुर्य थापा, नेपाल राष्ट्रिय पर्यटन ब्यवसायी संगठनका केन्द्रीय अध्यक्ष चन्द्र रिजाल, नेकपा एमालेका केन्द्रीय सदस्य तथा लुम्विनी इन्चार्ज बैजनाथ चौधरी, नेकपा एमाले केन्द्रीय सदस्य खिमलाल भट्टराई, केन्द्रीय सदस्य खेममान खड्का, सोटो नेपालका अध्यक्ष यमबहादुर खड्का, साटाका अध्यक्ष तथा संगठनका केन्द्रीय सदस्य कृष्णसागर अधिकारी लगायतले बोलेका थिए ।

५ बैशाख २०७३

वि.सं.२०७३ वैशाख ५ आइतवार २२:४० मा प्रकाशित

You can share this post!

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

कुमारी बैंकले कमायो १ अर्ब ५ करोड नाफा, कस्ता छन् अन्य मुख्य सूचक ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:४९

काठमाडौं । कुमारी बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ७.५२ प्रतिशतले बढ्यो

नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको नाफा ७.५२ प्रतिशतले बढ्यो

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:३६

काठमाडौं । बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय...

निफ्राले कमायो ९८ करोड ७३ लाख रुपैयाँ नाफा, अन्य कुन सुचक कस्ता ?

निफ्राले कमायो ९८ करोड ७३ लाख रुपैयाँ नाफा, अन्य कुन सुचक कस्ता ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:२६

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

आजको मौसम : यी स्थानमा पानी पर्ने सम्भावना

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१४

काठमाडौँ, ७ वैशाख : हाल मुलकमा पश्चिमी वायु र स्थानीय...

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

प्रभु बैंकको नाफा १ अर्ब ८१ करोड, वितरणयोग्य नाफा कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:१०

काठमाडौं । प्रभु बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको अपरिष्कृत...

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

२७.७० प्रतिशतले लक्ष्मी सनराइज बैंकको नाफा बढ्यो, प्रतिसेयर आम्दानी कति ?

वि.सं.२०८१ वैशाख ७ शुक्रवार ०७:००

काठमाडौं । लक्ष्मी सनराइज बैंकले चालु आर्थिक वर्षको तेस्रो त्रैमाससम्मको...