back
NMB ad

क्रिकेटमा नेपालको सनसनिपूर्ण जित, नामिबियालाई ३ विकेटले हरायो

Kumari bank ad

काठमाण्डौं । विश्व क्रिकेट लिग च्याम्पियनसीपमा सोमबार भएको नामिबियासँगको दोस्रो खेलमा समेत नेपालले सानदार जित निकालेको छ ।

शनिबार भएको पहिलो खेलमा नामिबियालाई पाँच विकेटले पराजित गरेको नेपालले सोमबारको खेलमा नामिबियामाथि तीन विकेटको प्रष्ट जित निकालेको हो । योसँगै नेपाल विश्व क्रिकेट लिग च्याम्पियनसिपको शीर्ष ४ मा पर्ने आशा जिवितै कायम राखेको छ।

नामिबियाले दिएको २४० रनको लक्ष्य नेपालले खेल सकिन एक बल बाँकी छँदै ७ विकेट गुमाएर भेट्टायो। नेपालका लागि कप्तान पारस खड्काले सर्वाधिक १०३ रनको योगदान दिए। पारसले ९४ बलमा ७ छक्का र ५ चौका प्रहार गर्दै सतक पूरा गरे ।

पारसको शतक

कप्तान पारस खड्काले नामिबियाविरुद्ध सतक बनाए। आइसीसी वल्र्ड क्रिकेट लिग च्याम्पियनसिपमा नामिबियाविरुद्ध उनले १०३ रनको सतकीय इनिङ खेलेका हुन्। १३ औं ओभरमा ज्ञानेन्द्र मल्ल आउट भएपछि मैदान प्रवेश गरेका पारसले विस्फोटक ब्याटिङ गर्दै ९४ बलमा १०३ रन बनाएका हुन्।

सतक बनाउने क्रममा उनले ७ छक्का र ५ चौका प्रहार गरेका थिए। उनलाई गोरेन वाल्डले एलबीडब्लु धरापमा पारेर पेभेलियन फर्काए। पारस नेपालको तेस्रो विकेटको रुपमा आउट भए।

यसअघि ९१ रनको स्थितिमा पारसले जीवनदान पाएका थिए। उनले स्ट्रेट प्रहार गरेको बल बलरले क्याच लिन नसकी छोडेका थिए। ७ औं ओभरमा नरेश बुढा ऐर आउट भएपछि मैदानमा आएका शरद भेषवाकरले पारससँग निकै प्रशंसनीय साझेदारी गरे।

प्रकाशितः २०७२ वैशाख ६

वि.सं.२०७३ वैशाख ६ सोमवार १७:०० मा प्रकाशित

You can share this post!

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

त्रिविको हराएका उत्तरपुस्तिका छानबिन गर्न पौडेलको संयोजकत्वमा समिति गठन   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:१०

काठमाडौं, १५ चैत : त्रिभुवन विश्वविद्यालयले उत्तरपुस्तिका हराएको घटनाबारे छानबिन...

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

चर्च ब्वाईज इटहरी गोल्डकपको फाइनलमा, उपाधिका लागि आर्मीसँग भिड्दै   

वि.सं.२०८० चैत १६ शुक्रवार ०७:०१

धरान, १६ चैत : इटहरीमा जारी १४ औँ संस्करणको अन्तर्राष्ट्रिय...

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

आज १६ चैत्र २०८० शुक्रवार, कस्तो छ आजको राशिफल ?

वि.सं.२०८० चैत १६ शुक्रवार ०६:५४

मेष मेष (चु, चे, चो, ला, लि, लु, ले, लो,...

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...