back
NMB ad

शैक्षिक सत्र शुरु भए पनि ५० हजार विद्यार्थी पुस्तकविहीन

Kumari bank ad

रुपन्देही  । नयाँ शैक्षिक सत्र शुरु भए पनि यहाँ भने पचास हजारभन्दा बढी विद्यार्थीले पुस्तक पाएका छैनन् ।

जिल्ला शिक्षा कार्यालयले कोही पनि विद्यार्थी नछुटून् भनेर विद्यार्थी अभियानलाई तीव्रता दिइएको तर भर्ना भएकामध्ये ८० प्रतिशत विद्यार्थी पुस्तकविहीन छन् । रुपन्देहीमा सामुदायिक तीन सय ६२, संस्थागत (निजी) २८, धार्मिक एक सय १७ गरी सात सय ६३ विद्यालय छन् ।

शिक्षा कार्यालयका अनुसार कक्षा १० सम्म दुई लाख आठ हजार विद्यार्थी छन् । तीमध्ये सामुदायिक विद्यालयमा एक लाख २५ हजार, निजी विद्यालयमा ७१ हजार पाँच सय र अन्यमा १० हजार ६ सय विद्यार्थी विद्यार्थी छन् । निजी विद्यालयले पुस्तकको चाँजोपाँचो मिलाइसकेका छन् ।  सामुदायिक विद्यालयमा भने कक्षा ६ देखि १० सम्म पुस्तकको चरम अभाव देखिएको छ ।

जिल्ला शिक्षा अधिकारी टेकबहादुर थापाले जनक शिक्षा सामग्री केन्द्रले नै पुस्तक नपठाउँदा समस्या भएकाले जति सक्दो चाँडो सहज बनाउने गरी दबाब दिइएको बताए ।

उनका अनुसार रुपन्देहीमा ६६ हजार ५ सय ८७ थान पुस्तकको माग भए पनि  ११ हजार ५ सय मात्रै  प्राप्त भएको छ । कक्षा ६ मा १२ हजार आठ सय १३, कक्षा ७ मा १२ हजार सात सय ९१, कक्षा ८ मा १३ हजार सात सय, कक्षा ९ मा १३ हजार आठ सय ३० र कक्षा १० मा  १३ हजार चार सय २५ थान पुस्तकको माग छ ।

कक्षा ६ को एउटा पनि पुस्तक आएको छैन भने कक्षा ७ देखि १० सम्ममा करीब १५ हजारको हाराहारीमा मात्रै पुस्तक आएको शिक्षा अधिकारी थापाले बताए ।  तथ्याङ्कअनुसार रुपन्देहीमा पुस्तकको अभाव निकै छ ।

प्रकाशितः २०७३ वैशाख ७

वि.सं.२०७३ वैशाख ७ मंगलवार १३:५९ मा प्रकाशित

You can share this post!

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

पुल अलपत्र बनाउने निर्माण कम्पनी कालोसूचीमा   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२७

म्याग्दी, १५ चैत : मुस्ताङको थासाङ गाउँपालिकाको कैकु र लार्जुङखोलाको...

सरकारले तोक्यो चैते धानको मूल्य   

सरकारले तोक्यो चैते धानको मूल्य   

वि.सं.२०८० चैत १५ बिहीवार २१:२३

काठमाडौँ, १५ चैत : सरकारले चैते धानको समर्थन मूल्य तोकेको...

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

करका दरमा एकरुपता कायम गर्न अध्ययन गर्ने सरकारको तयारी   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१९

काठमाडौँ, १५ चैत : सरकारले करको दरमा एकरुपता कायम गर्नका...

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

होटललाई उद्योगको मान्यता दिन व्यवसायीको माग   

वि.सं.२०८० चैत १५ बिहीवार २१:१३

काठमाडौँ, १५ चैत : उद्योगी व्यवसायीले होटल क्षेत्रलाई उद्योगसरह कानुनी...

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

एमडिएमएसमा अनियमितता : दुई पूर्व अध्यक्षसहित बीस जनाविरुद्ध मुद्दा दायर   

वि.सं.२०८० चैत १५ बिहीवार २१:०८

काठमाडौँ, १५ चैत : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल दूरसञ्चार...

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

आईपीओ निष्काशन गर्दै सिद्धि हाइड्रो, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल

वि.सं.२०८० चैत १५ बिहीवार १६:२५

काठमाडौं । सिद्धि हाइड्रो कम्पनी लिमिटेडले आईपीओ निष्काशन गर्ने भएको...